निर्मला हत्या प्रकरण राजनीतिकरण भयोः गृहमन्त्री

७ साउन, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दाबी गरेका छन् । गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताए । उनले अति राजनीतिकरण गरिएका कारण निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क पनि गरे ।

मंगलबार मन्त्रालयको एक वर्षको कामको समिक्षा र चालू आर्थिक वर्षको कामको कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्या प्रकरणको छानविनको कामलाई सरकारले गम्भिरतापूर्वक अघि बढाईरहेको पनि बताए । अति राजनीतिकरणका लागि सो घटनाको अनुसन्धान प्रभावित भएको गृहमन्त्री थापाको स्पष्टिकरण छ ।

गृहमन्त्री थापाले बलात्कारका घटनामा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गर्दै सो घटना भने अति राजनीतिकरणको शिकार भएको तर्क पनि गरे । गृहमन्त्री थापाले निर्मला हत्या प्रकरणको छानविनमा सहयोग गर्न पनि सबै पक्षलाई पुनः आह्वान गरे । उनले भ्रष्टाचारमा संलग्न १८ सय ठेकेदारहरुको फाईल कार्वाहीका लागि अख्तियारमा बुझाइएको पनि जानकारी दिए ।

Advertisement

विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कार्वाही गर्ने गृहमन्त्री थापाको भनाई छ । गृहमन्त्री थापाले सुनसहितको तस्करी नियन्त्रणका लागि सरकारले आवश्यक संयन्त्रको निर्माण गरेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top