जिल्ला अदालत काठमाडौँद्धारा छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

८ साउन ७६, बुधबार
Share this
663shares

८ साउन, काठमाडौँ ।
निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनीहरुलाई बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

Advertisement

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गर्दै जेठी श्रीमती हेमा ओझाले दिएको उजुरीको आधारमा उनीहरुमाथि अनुसन्धान थालिएको बताए ।

उनले भने ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ, अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top