धुम्बाराहीबाट पार्टी कार्यालय हटाउन नेकपालाई कांग्रेस प्रवक्ताको आग्रह

२३ साउन ७६, शुक्रबार

२३ साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको पार्टीको केन्द्रिय कार्यालय तत्काल हटाउन सत्तारुढ नेकपालाई आग्रह गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ केन्द्रिय कार्यालय जग्गाको भोगचलन सम्बन्धि नियम विपरित रहेकोमा आपत्ति जनाउँदै तत्काल धुम्बाराहीबाट हटाउन नेकपालाई आग्रह गरेका हुन् ।

नीति, नियम र नैतिकताको पाठ पढाउने राजनीतिक दलको केन्द्रिय कार्यालय नियम विपरित भएको ठाउँबाट संचालन भईरहेकोमा आफ्नो पार्टीलाई लज्जित र दुःखित बनाएको पनि प्रवक्ता शर्माको भनाई छ । प्रवक्ता शर्माले नेकपाले सो कार्यालय त्यहाँ संचालन गरेर गम्भिर गल्ती गरेको दावी गर्दै क्षमतायाचना गर्नुपर्ने तर्क पनि गरे । कांग्रेस प्रवक्ता शर्माले नेकपाले पार्टीको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणप्रति पनि आपत्ति जनाए ।

उनले नेकपाले छपाईका लागि पठाएको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणमा दृष्टिदोष मात्रै रहेको उल्लेख गर्दै आपत्ति जनाए । लोकतन्त्रका लागिसँगै लडेको राजनीतिक दलले आफ्नो दलप्रति त्यसरी दृष्टिकोणको नाममा दृष्टिदोष राखेको देखेर आफूलाई दया लागेको प्रवक्ता शर्माको प्रारम्भिक टिप्पणी छ । प्रवक्ता शर्माले नेकपाले आफ्नो पार्टीलाई हेर्ने दृष्टिकोणबारे पार्टीको केन्द्रिय कार्य समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top