समूह चरणबाटै नेपालको यात्रा टुङ्गियो

४ भदौ ७६, बिहीबार

५ भदौ, एजेन्सी ।

घरेलु टोली नेपाल एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै नेपालको यात्रा टुङ्गिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको सैनिक शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपालले तीनै सेटमा कमजोर प्रदर्शन गरेको थियो । घरेलु कोर्ट र दर्शकको समर्थन पाएको नेपालले कुनै समय पनि माल्दिभ्सलाई दबाबमा राख्न सकेन । यसअघि भएका चारै संस्करणमा माल्दिभ्सलाई पराजित गर्दै आएको नेपाल आफ्नै भूमिमा भने स्तब्ध बन्न पुग्यो ।

Advertisement

नेपाललाई माल्दिभ्सले २५–२२, २५–२१, २५–१४ को सेटमा पराजित स्तब्ध बनायो । हारसँगै समूह ‘ए’मा रहेको नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अंक जोड्न सकेन । अब नेपालले पाँचौं स्थानका लागि समूह ‘बी’को तेस्रो भएको अफगानिस्तान सँग खेल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई किर्गिस्तानले ३–० को सोझो सेटमा हराएको थियो । माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले दुई खेलमा दुई अंक नै जोड्यो ।

Advertisement

यस समूहबाट दुई खेलमध्ये दुवै खेलमा जित निकाल्दै किर्गिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ। माल्दिभ्सले सेमिफाइनलमा समूह ‘बी’को विजेता उज्वेकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top