श्रीकृष्ण जन्माष्टमी आज धुमधामका साथ मनाइँदै

५ भदौ ७६, शुक्रबार

६ भदौ, विराटनगर
हिन्दुहरुको विशेष पर्वका रुपमा रहेको श्रीकृष्ण जन्माष्टमी आज धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ ।

भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । शास्त्रानुसार दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हो ।

कंशको अमानवियताबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले कारावासमा बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको कथा छ ।

Advertisement

श्रीकृष्णले पापि मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरेको किम्वदन्ति छ ।

कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवका साथमा कृष्णले साथ दिएका थिए । कुन्ती पुत्र अर्जुनको सारथीका रुपमा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा लड्न हौसला प्रदान गरेका थिए ।

Advertisement

कौरव र पाण्डवका बीचमा चलेको युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश ‘श्रीमद्भगवत् गीताले हिन्दुधर्ममा विशेष महत्व राख्दछ । हिन्दूको पवित्र ग्रन्थको रुपमा श्रीमद्भगवत् गीता रहेको छ ।

श्रीकृष्णका रुपमा भगवान विष्णुले मानव जीवन धारण गरी सत्कर्मका लागि मानव समुदायको रक्षा र मानवलाई सहि दिशामा लाग्न अभिप्रेरित गरेका थिए ।

आजको दिन काठमाडौ र देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा गर्ने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्तिगान गाउने गर्दछन् ।

जन्माष्टमीका भोली पल्ट देशका विभिन्न स्थानका कृष्ण मन्दिरबाट रथयात्रा र शोभायात्रा समेत निकालिन्छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top