टोरिनोलाई पराजित गर्दै वुल्भ्स युरोपा लिगको छनोट नजिक

६ भदौ ७६, शुक्रबार
Share this
730shares

६ भदौ, एजेन्सी ।
इंग्लिस क्लब वुल्भ्स युरोपा लिगको छनोटको नजिक पुगेको छ । प्लेअफ अन्तर्गत बिहीबार राति भएको पहिलो लेगको खेलमा इटालियन क्लब टोरिनोमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै वुल्भ्स युरोपा लिगको छनोट नजिक पुगेको हो ।

Advertisement

अवे मैदानमा भएको खेलमा उपहार गोलबाट वुल्भ्सले पहिलो हाफमा अग्रता लिएको हो । टोरिनोका सिल्भा नास्किमेन्तोले ४३ औँ मिनेटमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा वुल्भ्सले १–० को अग्रता लिएको हो ।

Advertisement

५९ औँ मिनेटमा जोटाले गोल गरेपछि वुल्भ्सको अग्रता दोब्बर भयो । ६१ औँ मिनेटमा डी सिल्भेस्ट्रीले टोरिनोका लागि एक गोल फर्काए । ७२ औँ मिनेटमा जिमेनेजको गोलबाट वुल्भ्सको अग्रता ३–१ मा पुग्यो ।

८९ औँ मिनेटमा पेनाल्टी पाएर बेलोट्टीले टोरिनोका लागि गोल गरे पनि हार टार्नका लागि त्यो पर्याप्त भएन।

Advertisement

सन् १९८०–८१ यता पहिलोपटक युरोपा लिगका लागि प्रतिस्पर्धा गरिरहेको वुल्भ्स दोस्रो लेगमा पराजित नभएमा वा एक गोलले मात्रै पराजित भएमा पनि समूह चरणमा पुग्ने छ । टोरिनोलाई युरोपो लिगमा छनोट हुन दोस्रो लेगमा कम्तीमा पनि २–० को जित आवश्यक छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top