पक्की पुल निर्माण शुरु

२६ माघ ७४, शनिबार

इलाम, माघ २७
इलामको उत्तरी सन्दकपुर गाउ“पालिकास्थित जुमना र सुलुवुङबीचमा पर्ने माइखोलामा पक्की पुल निर्माण शुरु भएको छ । अस्थायी काठको पुलबाट खोला तर्नुपर्ने बाध्यता रहेपनि त्यस स्थानमा सवारीसाधन चलेको डेढ दशकपछि मात्र पक्की पुल निर्माण शुरु भएको हो ।

Advertisement

स्थानीयवासीले खोलाको दुबैतर्फ पर्खाल लगाएर काठको मुढा तेर्याएर सवारी साधन आवागमन गर्ने व्यवस्था मिलाएका थिए । माग गरेको लामो समयपछि यो पटक भने पुल बन्न थालेको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत रू. तीन करोड पाँच लाख १३ हजारको लागतमा २२ मिटर लामो आरसीसी पक्की पुल बन्न लागेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले बताए ।

Advertisement

दिवा÷शंकर त्रिशक्ति जेभिले पुल निर्माणको जिम्मा लिएको छ । गत असार ३ गते निर्माण सम्झौता भएपनि ढिलोगरि मात्र काम सुरु भएको हो । आगामी असोज महिनासम्ममा पुल निर्माण गरि सक्नुपर्नेछ ।

जमुना, सुलुवुङ, प्याङ र मावुका बासिन्दालाई समेत फाइदा पुग्ने यो पुल निर्माण भएपछि त्यस क्षेत्रका पर्यटकीयस्थलमा पनि पर्यटक पुग्न सक्ने स्थानीयको अपेक्षा छ । त्यस क्षेत्रमा रहेका ढापपोखरी, हा“गेथाम, चोयाटार, थुम्के, जौवारीलगायत पर्यटकीयस्थलमा पुग्न यो पुल भएर आउजाउ गर्न सहज हुने स्थानीय कुमार गुरूङ बताउछन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top