फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

१२ भदौ ७६, बिहीबार

१२ भदौ, एजेन्सी ।

Advertisement

दामिर जुमहुरलाई पराजित गर्दै रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरण अन्तर्गत बिहीबार बिहानै भएको खेलमा फेडेररले अघिल्लो चरणमा स्थान बनाएका हुन् ।

पहिलो सेटमा पछि परेका फेडेररले त्यसपछिका सेटमा पुनरागमन गर्दै जित निकालेका हुन् । उनले दामिरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

Advertisement

विश्व नम्बर दुई स्वीस खेलाडी फेडेररले पहिलो सेटमा ९९ औँ बरियताका बोस्नियन खेलाडी दामिरसँग १७ वटा गल्ती गर्दै पछि गरेका थिए ।

३८ वर्षका फेडेररले तेस्रो चरणमा बेलायतका ड्यान इभान्स वा फ्रान्सका जुकास पुइलसँग प्रतिस्पर्धा गर्ने छन् । फेडेररले पाँचपटक युएस ओपनको उपाधि जितेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top