राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ मा ११ लाख खर्च

१ फागुन ७४, बुधबार

घोराही : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ मा झण्डै ११ लाख खर्च भएको छ। राष्ट्रियसभा निर्वाचन अधिकृत हेमन्त रावलले निर्वाचनका लागि ११ लाख ९८ हजार ९ सय ४० रुपैयाँ निर्वाचन खर्च आयोगबाट प्राप्त भएकोमा १० लाख ७१ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयमा ११ जना कर्मचारी, दुई वटा निर्वाचन केन्द्रमा १८ जना कर्मचारीको पारिश्रमिक र अन्य सामग्रीहरुको खरिदमा उक्त रकम खर्च भएको रावलले जानकरी दिए । उनले बचत भएको १ लाख २७ हजार २ सय ५३ रुपैयाँ आयोगमा फिर्ता पठाइएको बताए ।

यसैबीच राष्ट्रियसभा निर्वाचनको कार्यालय बुधबार बन्द गरिएको छ । दाङ देउखुरी जिल्ला अदालतमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयलाई तोकिएको जिम्मेवारी पूरा गरेपछि बन्द गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षतामा तथा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको प्रमुख आतिथ्यतामा कार्यालयको बोर्ड निकालेर बन्द गरिएको हो ।

निर्वाचन अधिकृत रावलले निर्वाचन आयोगको जिम्मेवारी अनुसार निर्वाचन भएको एक साताभित्र जिम्मेवारी सकिएको घोषणा गर्नुपर्ने अनुसार पुस २९ गते स्थापना गरिएको कार्यालय बन्द गरिएको जानकारी दिए ।

गएको माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचन भएपछि २५ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित ८ जनालाई प्रमाणपत्र प्रदान गरेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top