१८ भदौ, एजेन्सी ।
करिब ३ महिनादेखि अशान्त रहेको हङकङ शहर शान्त हुने भएको छ ।
हङकङकी नेतृ क्यारी ल्याम चेङ युटग्नोरले सुपुर्दगी विधेयक फिर्ता लिएपछि प्रदर्शन रोकिने देखिएको छ। योसँगै प्रदर्शनकारीहरुको एउटा माग पूरा भएको छ।
उनले घटना र यसको कारणका सम्बन्धमा छानबिन गर्न समिति बनाउने घोषणा पनि गरेकी छन्।