सुरक्षा चुनौती चिर्न मुख्यमन्त्री राईले मागे सवैको साथ

२८ भदौ ७६, आइतबार

२९ भदौ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले सबै निकायहरुको समन्वयमा मात्र सबैप्रकारका सुरक्षा चुनौतीहरुको सामना गर्न सकिने बताएका छन् ।

गृह मन्त्रालय र प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्तरुपमा विराटनगरमा आयोजना गरिएको प्र्रदेशस्तरिय सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दे उनले प्रदेश भित्रका सुरक्षा चुनौतीहरु सरोकारवालासबैको सहकार्यमा मात्र समाधान गर्न सकिने बताए ।

Advertisement

मुख्यमन्त्री राईले सुरक्षा चुनौतीहरुबाट प्रदेश–१ समेत अछुतो नरहेको बताउदै उनले प्रदेशमा चन्दा आतंक,मानव बेचबिखन,लागुऔषध ओसारपसार,साइबर अपराध जस्ता संगठित अपराधहरु विद्यमान रहेको बताए । उनले हत्या,लुटपाट र चोरी जस्ता सामाजिक अपराधहरुको साथै पछिल्लो देशब्यापीरुपमा देखिएको डेंगुको महामारीले प्रदेश १ नै सबभन्दा बढी आक्रांत रहेको बताए ।

अरु थुप्रै प्रकारका चुनौतीहरु रहेको बताउदै मुख्यमन्त्री राईले यतिविध्न चुनौतीहरु समाधान गर्न सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको विचार ब्यक्त गरे ।

मुख्यमन्त्री राईले संघ,प्रदेश र स्थानिय तहका साथै सुरक्षा निकाय र सरोकारवाला सबैको सहकार्यमा मात्र चुनौतीहरुको सामना गर्न सकिने प्रष्टाए । उनले प्रदेशस्थित सुरक्षा निकायलाई थप सुदृढ बनाउन भौतिक संरचना निर्माण देखि आवश्यक सवारीसाधन समेत प्रदेश सरकारले उपलब्ध गराएको बताए ।

मुख्यमन्त्री राईले भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकारले शुन्य सहनशिलता अपनाएको बताउनुहुंदै भ्रष्टाचार र अनियमितता पुष्टि भए एक घन्टा भित्र एक्सन लिने आफ्नो अडान समेत दोहो¥याए ।

कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका आइजीपी सहित प्रदेशस्थित १४ जिल्लाका सुरक्षा निकाय तथा प्रशासन प्रमुखको सहभागिता छ । सुरक्षा गोष्ठीले प्रदेश १का लागि नयाँ सुरक्षा रणनीति तय गर्ने बताइएको छ ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top