विराटनगर, फागुन ७
नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुले निर्वाचनको परिणाम संगै पार्टी नेतृत्वप्रति कार्यकर्ताहरुको तिक्तता बढेकाले अब फरक तरिकाले अगाडि बढ्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेस वडा समिति ११ ले आज प्रजातन्त्र दिवको सन्दर्भमा विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले पार्टी नेतृत्वलाई यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा कांग्रेस महासमिति सदस्य दामोदर कोइरालाले राजनितिमा वंश र अंस नहुने बताउँदै कांग्रेस विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै विद्यार्थी नेता देवचन्द अधिकारीले अहिले कांग्रेसका भातृ संगठनहरु नेतृत्वविहिन भइरहेकोतर्फ ध्यानाकर्षण गराए ।
त्यस्तै राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कांग्रेसले संसदमा असल प्रतिपक्षिका रुपमा रचनात्मक भूमिका खेल्ने बताए ।
त्यस्तै सांसद डा. डिला संग्रौलाले आफुले पाएको अवसरको सदुपयोग गर्दै आफ्ना कार्यकर्ताहरुको शिर निहुरीने कुनैपनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।