विराटनगर, फागुन ७
विराटनगरमा महानगरस्तरीय अन्तर विद्यालय चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेप्डेसको आयोजनामा नेपाल पत्रकार महासंघको सभाहलमा सो प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाभित्रका सामूदायिक तथा निजी स्कुल गरी विभिन्न ८ विद्यालयका १६ जना विद्यार्थी सहभागी भएका थिए ।
सहभागि विद्यार्थीले विभिन्न शिर्षकमा आफ्ना तर्क क्षमता प्रस्तुत गर्नुका साथै चित्रकला प्रस्तुत गरेका थिए । महानगरका विद्यालयहरुमा लुकेका प्रतिभा अगाडि ल्याउन कार्यक्रम गरिएको आयोजक संस्थाका शुभम क्रिस्टल ढकालले जानकारी दिए ।
कार्यक्रममा बक्तृत्वकलाका ६ जना र चित्रकलामा विजयी ६ जनालाई शिल्ड र पाठ्यसमाग्री प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।