देशभर चाडपर्व लक्षित २ महिने सुरक्षा योजना सुरु

६ असोज, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापाले दशैं, तिहार र छठजस्ता चाडपर्वमा विगतका वर्षहरुमा भन्दा पनि शान्ति, सुरक्षाको अवस्था सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । गृहमन्त्री थापाले जनताको सबैभन्दा बढि आवातजावत हुने समय भएकाले दशैं, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर सरकारले असोज र कार्तिक २ महिनाका लागि विशेष सुरक्षा योजना नै तय गरिएको पनि जानकारी दिए ।

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन तथा शान्ति सुरक्षा कायम गर्न सरकारले आवश्यक तयारी गरिरहेको पनि बताए । उनले चाडपर्वमा हुने महिला हिंसा नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको पनि बताए । गृहमन्त्री थापाले सुरक्षित यात्राका लागि राजमार्गहरुमै सहायता कक्षको स्थापना, बस टिकटमा कालोबजारी र कृतिम अभाव हुन नदिन तथा सडक दुर्घटना भइहालेमा तत्काल मेडिकल टिमको परिचालन गर्ने योजना तय गरिएको पनि समितिलाई जानकारी दिए ।

त्यसैगरी सरकारले भारतबाट दशैं मान्न घर फर्किएका नागरिकहरुको सहयताका लागि सीमा क्षेत्रमा पनि नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको पनि जनाएको छ । बैठकमा गृहसचिव प्रेमकुमार राईले २ हजार, १ हजार र ५ सय दरका भारतीय नोट नचल्ने भएकाले त्यसलाई नलिन पनि सबै नागरिकलाई सचेत गराए । नेपालमा प्रतिबन्ध लगाइएकाले ती भारतीय नोट प्रयोगमा नआउने हुनाले त्यस्ता नोट नलिन नागरिकलाई सचेत रहन पनि सचिव राईको आग्रह छ ।

बैठकमा समितिका सदस्यहरुले दशैंको टिकट बुकिङको कामलाई व्यवस्थित बनाउन पनि सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले वृद्ध, असक्त नागरिकहरुलाई दशैंको टिकट लिन छुट्टै लाईनको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । समितिका अर्का सदस्य महेश्वरजंग गहतराज अथकले चाडबाडका बेला अपराधिक घटना बढने हुनाले त्यस्ता घटना हुन नदिने गरी आवश्यक सुरक्षाको योजना बनाउन सरकारसँग माग गरे । उनले सुरक्षाकर्मीहरुको पनि सक्रियतामा वृद्धि गरेर नागरिकलाई ढुक्कसँग दसैं, तिहार मनाउने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

समितिका सदस्यहरुले दशैंमा सवारी साधनको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top