दादा साहेब फाल्के अवार्ड अमिताभ बच्चनलाई प्रदान गरिने

७ असोज ७६, बुधबार

८ असोज, एजेन्सी ।
यसवर्षको ‘दादा साहेब फाल्के अवार्ड’ बलिउड अभिनेता अमिताभ बच्चनलाई प्रदान गरिने भएको छ ।

उनले वर्षौंदेखि भारतीय चलचित्रमा पुर्याउँदै आएको विशेष योगदानलाई कदर गर्दै उक्त अवार्ड दिन लागिएको हो । केन्द्रीय सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्विटरमार्फत् यो जानकारी दिएका छन् ।

उनले बच्चनलाई शुभकामना दिँदै भारत र विदेशीहरु पनि उनको लागि खुशी रहेको बताए । ‘दादा साहेब फाल्के अवार्ड’ भारतीय चलचित्रको सर्वोच्च सम्मान हो ।

Advertisement

सम्मान र शुभकामनाको लागि अमिताभले ट्विटरमार्फत् नै धन्यवाद दिँदै लेखेका छन्, “यो सम्मान र आदरको धन्यवाद दिनको लागि मसँग शब्दको कमी छ । तर म कृतज्ञ छु, आभारी छु । म एक विनम्र अमिताभ बच्चनमात्रै हुँ ।”

बच्चन पद्मश्री, पद्मभूषण आदिबाट पनि सम्मानित भैसकेका छन् । उनलाई फ्रान्स सरकारले सन् २००७ मा सर्वोच्च नागरिक सम्मान ‘नाइट अफ द लिजन अफ अनर’बाट पनि सम्मानित गरेको थियो ।

Advertisement

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top