राजीनामा दिने तयारीमा सभामुख महरा

१४ असोज, काठमाडौं ।
संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन् ।

आफूमाथि लागेको आरोपबारे निकटस्थसँग परामर्श गरिरहका महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको छ । घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको छ ।

छलफलमा पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि थिए। नेकपाबाटै सभामुख पदमा निर्वाचित भएका महरालाई पदबाट राजीनामा गराउनु नै उचित हुने निष्कर्षमा ओली र दाहाल पुगेको नेकपा स्रोतको भनाई छ ।

पार्टीका अरु शीर्षनेताहरुले पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई राजीनामा गराउन दबाब दिएका छन् । महरा स्वयमले पनि पार्टीका नेता तथा संसद सचिवालयका पदाधिकारीसँग छलफल गरेका छन् ।

मदिरा सेवन गरेर सभामुख महराले आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ । तर महराले पनि सोमबार राति विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोप पूर्ण रुपमा कपोलकल्पित र झुट रहेको दाबी गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top