सोलुमा भेटिए कलियुगका कंश, वर्षाेदेखि सन्तानलाई यातना

१४ असोज, सोलुखुम्बु । बावु जन्मपछि कर्म दिन, बाटो देखाउने अघिबढाउने सन्तानको नजिकको साथ अनि हाम्रो पहिलो आइडल अनेकौ विशेषता बोकेका छन बावुले । धेरै रुपमा परिभाषित गर्दा पनि शब्द नै कम हुने गर्दछन बावुका लागि । तर कतिपय घटनाले यी शब्दलाई यति फिक्का बनाईदिने गर्दछन् कि हामी कल्पना पनि गर्न सक्दैनौ । यस्तै एउटा घटना भएको छ ।

प्रदेश १ को हिमाली जिल्ला सोलुखुम्बुमा । थुुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम यातना दिने गरेको पाइएको छ । बाबु तीर्थ राईले लामो समय देखि ९ वर्षीय छोरा संम्योग राई, १३ र १५ वर्षीय छोरीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको वडा कार्यालयमा उजुरी दर्ता भएपछि मात्रै घटना बाहिर आएको हो ।

स्थानीय ४२ वर्षीय राईले कान्छी श्रीमतीसगँ मिलेर जेठी श्रीमती पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडा अध्यक्ष फुर्तीमान तामाङले जानकारी दिए । पटक पटकको यातना सहन नसकेर पीडित बालबालिकाहरुले वडा कार्यलयमा सोमबार ज्यान बचाईदिन आग्रह गर्दै उजुरी दर्ता गराएका छन् ।

केहि दिन अगाडीको यातानाबाट ९ वर्षीय बालकको ढाँडमा गहिरो चोट लागेको छ । बालकको बयान अनुसार ती निर्दयी बाबाले पछिल्लो पटक भाडा माझ्ने स्टीलझुसले ढाँडमा रगडेर खोर्सानी र नुन लगाउनुका साथै सिस्नो पानीले समेत हिर्काएका थिए । सोहीकारण ती बालकको डाँडमा भएको पुरै घाउँ अहिले पाक्ने अवस्थामा पुगेको उपचारमा संलग्न जिल्ला अस्पताल फाप्लुका चिकित्सकले बताएका छन्।

त्यस्तै १३ वर्षिया छोरीको पनि बाबुको पिटाईबाट १० महिना अघि हात भचिएको पीडितले बताएका छन्। आफ्नै बाबुको कुटाईबाट हात भच्चिएपनि त्रासका कारण ढाटेर उपचार गराएको पिडित बालिकाले वडा कार्यलयमा बयान दिएकी छन्। बालबालिकालाई कुनैपनि श्रममा लगाउँन पाईदैन। तर ती निदर्यी बाबुले श्रम नगरेपछि चरम याताना दिने गरेका छन् ।

बालबालिका सम्बन्धी ऐन २०७५अनुसार प्रत्येक बालबालिकालाई निजको बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षक, शिक्षक तथा अन्य व्यक्तिबाट हुने हरेक किसिमका शारीरिक वा मानसिक हिंसा र यातना, हेला, अमानवीय व्यवहार, लैङ्गिक वा छुवाछूतजन्य दुर्व्यवहार, यौनजन्य दुर्व्यवहार र शोषणविरूद्ध संरक्षण प्राप्त गर्ने अधिकार हुने कुरा उल्लेख गरिएको छ ।

राईले छोराछोरीलाई अमर्यादित व्यवहारसँगै शारीरिक चोटपटक समेत र्पुयाएका छन्।उक्त कसुर ठहरेको खण्डमा त्यस्ता व्यक्तिलाई दण्ड र जरिवानाको समेत व्यवस्था छ ।

त्यस्ता व्यक्तिलाई पचास हजार रुपैयासम्म जरिवाना र एक बर्ष सम्म कैद हुन्छ । तर यहाँ गाउँपालिकाको न्यायिक समिति, प्रहरी र वडाका प्रतिनिधि सहितको रोहबरमा भएको छलफलले सामान्य उपचार खर्चमा दोषीलाई छाडिएको छ । घटनाको विषयमा गाउँपालिकाको न्यायिक समितिमा छलफल भएको छ ।

छलफलको क्रममा राईले आफ्नो गल्ति स्वीकार गरिसकेको न्यायिक समितिले जनाएको छ । मदिरा सेवन गरेपछि बालबालिकालाई यातना दिने गरेको छलफलको क्रममा ती बुबाले स्वीकार गरेको वडा अध्यक्ष तामाङले बताए ।

वडाध्यक्ष तामाङका अनुसार न्यायिक समितिमा भएको छलफलले दुई छोरीलाई निज बाबुले खर्च बेहोर्ने गरि आफ्नै फुपुको घरमा राख्ने व्यवस्था मिलाइएको छ ।

जेठी श्रीमती समेत दुई छोरा, दुई छोरीको जयजन्म भएपछि श्रीमानको पीडा सहन नसकेपछि छोराछोरीलाई छाडी अर्को बिहे गरेर हिडेको बताइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top