मेगा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधिः दक्ष बन्दै नेपाली कामदार

१६ असोज ७६, शुक्रबार

१६ असोज, काठमाडौँ ।

सरकारले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरु गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको छ । सोही लक्ष्य पूरा गर्न देशभित्रै आन्तरिक लगानीलाई प्रेरित गरिएको छ भने बाह्य लगानीलाई आकर्षित गरिएको छ ।

Advertisement

सरकारले लगानी भित्र्याउन कानूनी तथा नीतिगत सुधार गरेको छ । संसारका विभिन्न देशका प्रविधि तथा उनीहरुले गरेको सफल कार्यक्रमलाई नेपालको सापेक्षतामा भित्र्याइएको छ । त्यसमध्ये नेपालको जलविद्युत् क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि भित्रिएको छ । सरकारको आर्थिक समृद्धिको लक्ष्य पहिल्याउन ती प्रविधि सहायक सिद्ध भइरहेका छन् । हाल निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम गर्नेमा चिनियाँ निर्माण व्यवसायी र प्रविधि रहेको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । आयोजना निर्माणमा सङ्लग्न नेपाली प्राविधिकले चिनियाँ सीप र प्रविधि सिक्न पाएका छन् । त्यसले आगामी दिनमा देशभित्रै दक्षजनशक्ति निर्माणमा सहयोग पुग्ने छ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ ठेक्का प्रक्रियामा छानिएर आएका भएपनि विदेशी कम्पनीको काम गर्ने शैली र उनीहरुले ल्याउने प्रविधिबाट नेपाललाई ठूलो फाइदा भएको बताउँछन् ।

Advertisement

माथिल्लो तामाकोशीमा कार्यरत चिनियाँ कामदारको कामप्रतिको लगाव तथा कामलाई नै सम्मान गर्ने संस्कार अनुकरणीय रहेको उनको भनाइ थियो । सुरुङ निर्माण तथा ठूला आयोजनामा काम गर्ने सीप, दक्षता नेपाली कामदारले चिनियाँ कामदारबाट सिकेको र त्यसले आगामी दिनमा अन्य ठूला आयोजना निर्माण गर्दा उपयोग हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ थियो ।

आयोजनाको काम धमाधम भइरहदा सिनो हाइड्रोका दक्ष २०० कामदारसँग ८०० बढी नेपाली कामदारलेसँगै काम गरेका थिए । ठूला भौतिक पूर्वाधार निर्माणमा संसारभर नै नाम कमाएको चिनियाँ कम्पनीको सीप र काम गर्ने शैलीले नेपालको ऊर्जा क्षेत्रलाई सहयोग पु¥याएको श्रेष्ठको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी मातहत निर्माण भइरहेका मझौला आयोजनामा चिनियाँ निर्माण व्यवसायीले काम गरेका छन् । सो कम्पनी मातहत हाल रसुवागढी, साञ्जेन, माथिल्लो भोटेकोशी जस्ता आयोजना निर्माण गरिरहेका छन् । रसुवागढी र साञ्जेन निर्माणको अन्तिम चरणमा छन् । कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको प्रमुख निर्माण व्यवसायीको रुमपा चिनियाँ कम्पनीनै छ ।

रसुवागढीमा सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लुई) छ । सो आयोजनाको आवश्यक समन्वय गरिरहेको चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइराला विदेशी कम्पनीको आयोजनाको व्यवस्थापन, परिचालन तथा काम गर्ने शैलीबाट सिकेर नेपाली आफैले ठूला आयोजना निर्माण गर्न सक्छन् भन्ने आत्मविश्वास क्रमशः पैदा हुँदै गएको बताउँछन् ।

निर्माण सामग्री, प्रविधि, उनीहरुको व्यवस्थापकीय क्षमता तथा काम गर्ने शैलीबाट नेपाली कामदार तथा प्राविधिकले धेरै सिक्ने अवसर पाएको उल्लेख गर्दै कोइरालाले भने, ‘हामीलाई धेरै सिक्ने र जान्ने अवसर प्राप्त भएको छ । त्यसले आगामी दिनमा थप ठूला भौतिक पूर्वाधार निर्माणका लागि मार्गप्रशस्त भएको छ ।’

चिनियाँ निर्माण व्यवसायी सिनो हाइड्रोले हालैमात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिएको छ । आगामी एक वर्षभित्र सो काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सोही कम्पनीले प्राधिकरणको सहायक कम्पनी तनहुँ जलविद्युत् आयोजनाको भौतिक निर्माण र बाँधको काम गर्ने जिम्मा पाएको छ । आयोजनास्थलमा निर्माण व्यवसायी परिचालित भइसकेको छ ।

नेपालको प्रविधिको क्षेत्रमा अर्को महत्वपूर्ण फड्को मानिएको विषय हो –टनेल बोरिङ मेसिन (टिबिएम) । भेरी बबई आयोजनामा टिबिएमको प्रयोग गरियो । जसका कारण नेपालमा मेसिनको युग शुरु भयो, प्रविधिको युग शुरु भयो भन्ने सन्देश स्थापित भएको छ ।

आर्थिक वर्ष २०६८/६९ मा भेरी–बबई डाइभर्सन आयोजनामा टिबिएम प्रयोग गर्ने प्रसङ्ग ल्याउँदा धेरैले असम्भव प्रयासको सङ्ज्ञा दिएका थिए । नीति निर्माता तथा आयोजनालाई नै विश्वास थिएन । लगानी बढी लाग्ला, प्राविधिक नपाइएला आदि इत्यादि शङ्का थिए ।

संसारका धेरै देशमा प्रयोग भइसकेको प्रविधि भित्र्याउन ठूलै पापड बेल्नुपरेको थियो । असम्भव ठानिएको काम नै भेरी बबईमा सम्भव देखियो । कूल १२.२१ किलोमिटर लामो सुरुङमार्ग निर्माण गत चैत अन्तिम साता सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३ गते सो सुरुङमार्ग निर्माण सम्पन्न भएको घोषणा गरेका थिए ।

‘ड्रिलिङ एण्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकोमा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ ।

आयोजनाको सुरुङ निर्माणको काम चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप (कोभेक) ले एक वर्षअघि नै सम्पन्न गरेको हो । नेपालमा सञ्चालित अधिकांश आयोजना समयमा सम्पन्न नहुने र पटक–पटक म्याद थप गर्नुपर्ने समस्या देखिएको बेला सुरुङ निर्माणको काम समयमै सकिएको हो । चिनियाँ ठेकेदारले समयमा नै सो आयोजनाको आफ्नो जिम्माको काम सक्नु र प्रविधि हस्तान्तरणको प्रक्रिया पनि सँगसँगै आएको छ ।

प्राधिरकणले निर्माण गरिरहेका अधिकाशं प्रसारणलाइन तथा जलविद्युत् आयोजनामा चिनियाँ प्रविधिको प्रयोग भइरहेको छ । यसले जनस्तरको सम्बन्धको विस्तार मात्रै नभइ आगामी दिनमा नेपाली निर्माण व्यवसायी स्वयम्ले पनि रणनीतिक महत्वका आयोजना निर्माण गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।

सो आयोजनाको बाँध तथा विद्युत् गृह बनाउन गत साउनमा रमण कन्स्ट्रक्सन र चीनको ग्वाङ्डोन–युनाटियन कम्पनीसँगको संयुक्त उपक्रमले ठेक्का पाएको छ । रमण कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत रमण महत्तो विदेशी सीप र काम गर्ने क्षमतालाई नेपालमा ल्याउने र आगामी दिनमा नेपाली व्यवसायीले नै काम गर्न सक्ने वातावरण भेरी– बबईमा आफूहरुले चिनियाँ कम्पनीसँग सहकार्य गरेको बताउँछन् ।

यस्ता केही उदाहरणले विदेशी सीप र प्रविधि सिकेर देशभित्रै दक्षजनशक्ति उत्पादन गर्ने सार्थक पहलमा सरकार सफल हुँदै गएको देखिन्छ । ठूला भौतिक पूर्वाधार निर्माणमा सरकारको योजनालाई यस्ता सहकार्यले थप सबल बनाउँदै गरेको छ ।

रमण कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अधिकृत महतो चिनियाँलगायत विदेशी कम्पनीको कामप्रतिको जिम्मेवारी, काम गर्ने शैली, उनीहरुले सोच्ने तरिका र अनुभवले नेपाली निर्माण व्यवसायीलाई थप दक्ष बनाउने विश्वास व्यक्त गर्छन् । रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top