×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026

मन्त्रिमण्डल पुनर्गठनकाे तयारी : युवराज खतिवडादेखि गोकुल बाँस्कोटासम्म हट्दै, को– को बन्लान् नयाँ मन्त्रि ?

२४ आश्विन २०७६

२४ असोज, काठमाडौँ । 

 दशैं सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रक्रिया सुरु गरेका छन् । पटकपटक पुनर्गठनको तयारी गरेर पनि विभिन्न कारणले रोकिएको मन्त्रिमण्डल पुनर्गठनको विषयलाई अघि बढाउने विषयमा नेपाल कम्युनिष्ट पाटीका शीर्ष नेतृत्वभित्र आन्तरिक गृहकार्य सुरु भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । दशैंलगत्तै मन्त्रीमण्डलमा हेरफेर गर्नेगरी प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच आन्तरिक सहमति भइसकेको भए पनि चिनियाँ राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमणका कारण एक साता पर सरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री अब पुनर्गठन रोक्नु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ, कार्यदक्षता कम भएका मन्त्रीहरुलाई निरन्तरता दिन नसक्ने उहाँको अडानमा अर्का अध्यक्षज्यू पनि सहमत हुनुहुन्छ, सम्भवतः राष्ट्रपति अष्ट्रेलिया भ्रमणबाट आएलगत्तै शपथ ग्रहण हुनेगरी गुनर्गठनको कार्य अघि बढ्छ’ स्रोतले भन्यो ।

Advertisement
Advertisement

मन्त्रिमण्डलको सम्भावित पुनर्गठनमा हाल भएका अधिकांश चर्चित अनुहारहरु नै बाहिरिने चर्चा छ । पूर्व एमालेका तर्फबाट मन्त्री भएका अर्थन्त्री युवराज खतिवडा, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, भूमिसुधारमन्त्री पद्मा अर्याललाई पदमुक्त गर्ने तयारी भएको बताइएको छ ।

त्यस्तै, पूर्व माओवादीतर्फ उद्योगमन्त्री मातृका यादव, खानेपानीमन्त्री बिना मगर, कृषिमन्त्री चक्रपाणी खनाललाई जिम्मेवारीमुक्त गर्ने चर्चा नेकपावृत्तमा छ ।

अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्री बन्नुअघि प्रधानमन्त्रीलाई दिएको आश्वासन पूरा गर्न नसकेको, गैरराजनीतिक पृष्ठभूमिका कारण पार्टीभित्र निकै ठूलो दबाव झेल्नुपरेको र बजारमा निरन्तर रुपमा अर्थमन्त्रीको राजीनामा माग हुँदै आएका कारण उनलाई परिवर्तन गर्नुपर्ने निष्कर्षमा ओली रहेको बताइन्छ ।

त्यस्तै, अभिव्यक्तिकै कारण पार्टी र सरकारको बदनाम हुन थालेपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई परिवर्तन गर्ने निष्कर्ष ओलीले निकालेका बताइएको छ । तात्कालिन एमालेमा निकै कनिष्ठ रहेका कारण राज्यमन्त्री मात्रै बनाइएका बाँस्कोटालाई नेकपा एकीकरणपछि पोलिट व्यूरो सदस्य बनाएर मन्त्रीमा बढुवा गरिएको थियो । पत्रकारिता पृष्ठभूमि भएर पनि पत्रकारहरुप्रति असहिष्णु व्यवहार देखाएकै कारण आफ्नै पार्टीनिकट पत्रकारहरुले समेत सरकारलाई सहयोग गर्ने अवस्था नआएका कारण उनलाई पदमुक्त गर्न लागिएको स्रोतले जनाएको छ । ‘विभिन्न क्षेत्रगत संगठनहरुमा निरन्तर हार व्यहोरिरहेको अवस्थामा आउँदै गरेको उपनिर्वाचनमा पार्टीको सम्भावित पराजय टार्न पनि ‘बोल्ड डिसिजन’ लिनुपर्ने अवस्था आयो’– प्रधानमन्त्रीको भनाई उद्घृत गर्दै स्रोतले भन्यो ।

यातायात क्षेत्रको समस्या समाधान गर्न नसकेको बरु यातायात व्यवस्था विभागमा निरन्तर हस्तक्षेप गर्ने गरेको, ठेक्कापट्टा गर्ने कम्पनीहरुलाई कारबाहीको सट्टा पृष्ठपोषण गरेको गुनासो भौतिक पूर्वाधारमन्त्री महासेठप्रति प्रधानमन्त्रीको छ । कर्मचारीप्रति अति नै असहिष्णु भएका कारण कर्मचारी वृत्तबाट समेत असहयोग हुन थालेपछि सामान्य प्रशासनमन्त्री पण्डित पनि बहिर्गमनको सूचीमा थपिएका हुन् । जगत विश्वकर्मालाई पनि खेलकुद क्षेत्रको समस्या समाधान गर्न नसकेको र युवालक्षित कार्यक्रम ल्याउन नसकेको आरोप छ ।

उता पूर्व माओवादीतर्फ मन्त्री रहेका खानेपानीमन्त्री बिना मगरलाई पनि मेलम्ची लगायतका आयोजनाहरुमा प्रभावकारी ढंगले समन्वय गर्न नसक्दा आयोजना निर्माणमा ढिलाई भएको र भ्रष्टाचारको आरोप समेत लागेको भन्दै हटाउन लागिएको हो । त्यसो त पछिल्लो समय बिना र पुष्पकमल दाहालको सम्बन्ध सुमधुर बन्न नसकेको समेत चर्चा छ ।

उद्योगमन्त्री मातृका यादवले समेत पटकपटक विवादास्पद अभिव्यक्ति दिँदैगर्दा उद्योगी व्यवसायीहरु हतोत्साहित हुन थालेको निष्कर्षमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल पुगेको बताइएको छ । त्यस्तै, कृषिमन्त्री चक्रपाणि खनाल पनि माओवादीका तर्फबाट हटाइने मन्त्रीको सूचीमा रहेको बताइएको छ ।

सम्भावित नयाँ अनुहारहरु

मन्त्रीगठन पुनर्गठनको चर्चासँगै पार्टीका दुई अध्यक्षहरुले पार्टीका विभिन्न तहका नेताहरुलाई मन्त्री बनाउने आश्वासन बाँड्न थालेका छन् । मन्त्रिमण्डल पूनर्गठनपछि पूर्व एकालेका तर्फबाट सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले आश्वासन दिएको बताइएको छ । यसअघि समेत अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेर राम्रो कार्यसम्पादन देखाएका पाण्डे भन्दा उत्तम विकल्प पूर्व एमालेमा नरहेको समेत विश्लेषण हुन थालेको छ ।

त्यस्तै, हाल अर्थ समितिको सभापति रहेका कृष्णप्रसाद दाहाललाई मन्त्रिमण्डलमा प्रवेश गराउने आश्वासन ओलीले दिएको बताइन्छ । उनले उद्योग मन्त्रालयको माग गर्दै आएको बताइएको छ, यद्यपि अहिले पूर्व माओवादीको भागमा रहेको उक्त मन्त्रालय कसरी व्यवस्थापन गर्ने अन्यौलताका कारण उनलाई फरक जिम्मेवारी दिनसक्ने समेत चर्चा छ । मकवानपूरबाट अहिलेसम्म नेकपाको तर्फबाट कोहीपनि मन्त्री नभएको अवस्थामा उनलाई मन्त्री बनाएर काँग्रेसका तर्फबाट मन्त्री भइसकेका इन्द्र वानियाँको क्याम्पियनिङलाई ध्वस्त बनाउने रणनीतिअनुसार उनलाई मन्त्री बनाउन लागिएको हो ।

Advertisement

महेश बस्नेत र खगराज अधिकारी पनि नयाँ मन्त्रीका लागि आश्वासन पाएका अनुहारहरु हुन् । यी दुवैजना ओलीनिकटका हुन् । खगराज अधिकारीले संसदमा सरकारको बचाउमा खेलेको उल्लेख्य भूमिकाका कारण ओली उनीप्रति थप सकारात्मक बनेको बताइन्छ । प्रधानमन्त्री ओलीले संसदमा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गर्दा नियमापत्ति गर्ने व्यक्ति तिनै खगराज अधिकारी हुन् । त्यस्तै, राजेन्द्र गौतम, लेखराज भट्ट र प्रभु साहको नाम चर्चामा छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top