‘छ माया छपक्कै’ले तोड्यो सबै रेकर्ड ,दुई दिनको कमाई ३ करोड ४७ लाख

२५ असोज ७६, आइतबार

२६ असोज, काठमाडौँ ।
शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ले शानदार सुरुवात गरेको छ । काठमाडौं र मोफसलका अधिकांश हलहरुमा शुक्रबार र शनिबार हाउसफुलको ब्यापार गरेको छ । चलचित्रले शुक्रबार काठमाडौंमा मात्रै ८० लाखको हाराहारी चलचित्रले व्यापार गरेको छ भने मोफसलका हलहरुमा ७७ लाखको व्यापार गरेको छ ।

पहिलो दिननै चलचित्रले १ करोड ५७ लाखको व्यापार गरेको छ । यो नै अहिले सम्म नेपाली फिल्मले पहिलो दिन कलेक्सन गरेको सबै भन्दा ठुलो व्यापार हो ।चलचित्र ‘छ माया छपक्कै’ले पहिलो दिन ऐतिहासिक कमाईको रेकर्ड राख्दै दीपक–दीपाहरुले बनाएको छक्का पन्जा ३ को रेकर्ड तोडेको हो । छक्का पन्जा ३ ले पहिलो दिन १ करोड ५३ लाखको व्यापार गरेको थियो ।

त्यस्तै चलचित्र ‘छ माया छपक्कै’ दोस्रो दिन शनिबार १ करोड ९० लाखको कलेक्सन गरेको छ । यो अहिले सम्म एक दिनमा नेपाली फिल्मले एक दिनमा गरेको सबै भन्दा ठुलो व्यापार हो । यस अघि छक्का पन्जाले एक दिनमै १ करोड ६५ लाखको व्यापार गरेको थियो चलचित्रले शनिबार काठमाडौंमा मात्रै १ करोडको व्यापार गरेको छ भने मोफसलका हलहरुमा ९० लाखको व्यापार गरेको छ । शुक्रबार र शनिबार चलचित्र हेर्नका लागि हलमा दर्शकको भिड थेगी नसक्नु भएको छ ।

Advertisement

ब्यापार सँगै चलचित्रले वर्ड अफ माउथ पनि राम्रो पाएको छ । यसले चलचित्रलाई आगामी दिनको लागि ठुलो फाईदा पुग्ने पक्का रहेको छ । चलचित्र हेरिसकेपछी सामाजिक सन्जालमा सबैले यसको खुलेर तारिफ गरेका छन् ।

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलवा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ ।

Advertisement

रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।जितु नेपाल र केदार घिमीरे कार्यकारी निर्माता रहेको फिल्मको सह निर्मातामा सुमन गिरी,ताराचन्द्र बजगाइ,केशब न्यौपाने,रबिन डाँगीलगायत छन् ।चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top