यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडीलाई आईसीसीको प्रतिबन्ध

३० असोज, एजेन्सी । टी-२० विश्वकप छनोटको मुखैमा यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडी अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् ।

Advertisement

आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो ।

२०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ । तर प्रतियोगिता अघि आफ्ना तीन खेलाडीले खेल मिलेमतो गर्दै भ्रष्टाचार गरेको आरोपमा निलम्बनमा परेपछि यूएई टिम समस्यामा आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top