वुमेन च्याम्पियन्स लिगमा क्याट क्वीन्सको पहिलो जित

३० असोज, काठमाडौं । वुमेन च्याम्पियन्स लिगमा क्याट क्वीन्सले पहिलो जित निकालेको छ ।

प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले हारेको क्याट क्वीन्स काठमाडौंले बिहीबार पोखरा पल्टनलाई ८२ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्याट क्वीन्सले कप्तान रुवीना क्षेत्रीको अर्धशतकमा २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । बलियो लक्ष्य दिने क्रममा उसका लागि कप्तान रुवीनाले फ्रेन्चाइजी लिगमा पहिलो अर्धशतक बनाइन् । जसमा उनले ६७ बलमा १४ चौका र दुई छक्काको मद्दतमा ८३ रन बनाइन् ।

यस्तै रोमा थापाले १९ तथा इश्वरी विष्टले १० रन जोडिन् । यस्तै शोभा आलेले १२ रन थपिन् । बलिङतर्फ पोखराका लागि अनुराधा चौधरीले चार विकेट लिइन् ।

जवाफमा पोखरा १६ ओभर एक बलमा मात्र ७० रनमा अलआउट भयो । सुरुवात राम्रो गरे पनि उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । ३१ रनमा पहिलो विकेट गुमाएको पोखराले ५६ रन बनाउँदा आठ विकेट खेर फालेको थियो ।

उसका लागि कप्तान सिता रानामगरले १७ तथा विन्दु रावलले १० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका पाँच खेलाडी रनआउट भएका थिए । प्रतियोगितामा क्याट क्वीन्सले दुई खेलमा दुई अंक बनाएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top