विराटनगर, फागुन १४
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय तहको संघीय संरचनाअनुसार नयाँ ढंगबाट गरिबी निवारण कोषले आफ्नो कार्यलाई अघि बढाउनुुपर्ने बताएका छनन् ।
गरिबी निवारण कोषद्धारा विराटनगरमा आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले १ नम्वर प्रदेशमा विकास र सम्वृद्धिको यात्रा प्रारम्भ भइसकेकाले गरिबी निवारण कोष पनी त्यही अनुुरुप परिचालन हुनुपर्ने बताए ।
१ नम्वर प्रदेशमा लगानी र स्रोतको प्रशस्त सम्भावना रहेकाले त्यसलाई सदुपयोग गरेर १ नम्वर प्रदेशलाई समृद्ध र सम्पन्न बनाउने बताए । उनले कृषि, पर्यटन र जलश्रोत विकासका लागी तिन खम्वे अर्थ निति अघि बढाउने बताए ।
गरिबी निवारण कोषका उपाध्यक्ष डाक्टर यमबहादुर थापाले नयाँ संरचना अनुसार गरिबी निवारण कोषले नयाँनयाँ योजना र निति ल्याउने बताए । उनले कोषलाई दिगो बनाउन गरिबी निवारण बैंक स्थापना गर्नुपर्नेमा जोड दिए ।
गरिबी निवारण कोष व्यवसाय विकास र समृद्धिकालागि स्थानिय सरोकारवालाहरुसँगको प्रदेशस्तरिय एकदिने कार्यक्रममा १ नम्वर प्रदेशका ८० वटा स्थानिय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।