त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

१७ कात्तिक, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘बास्कोटालाई उपकुलपति नियुक्ति गर्ने निर्णय भयो,सोमबार नियुक्ति पत्र बुझेर पदवहाली हुन्छ ।’ बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ डाक्टर हुन् । उनले नेपाल मेडिकल काउन्सिलका अध्यक्षबाट हालै अवकाश पाएका थिए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बनेको उपकुलपतिको नाम सिफारिश समितिले बाँस्कोटाको नाम दुई नम्बरमा सिफारिस गरेको थियो ।

एक नम्बरमा नाम सिफारिस गरिएका डा. भगवान कोइरालालाई काउन्सिल अध्यक्षमा नियुक्ति दिए लगत्तै बाँस्कोटालाई उपकुलपति बनाइएको हो । सिफारिस समितिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको नाम समेत तीन नम्बरमा उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top