भारतीय सीमा क्षेत्र कटहरीमा भारतविरुद्ध नाराबाजी

२६ कात्तिक ७६, बुधबार

२६ कात्तिक, विराटनगर ।
भारतले नेपाली भूमि मिचेर जारी गरेको नयाँ नक्साको विरोधमा मोरङको कटहरीमा पनि प्रदर्शन भएको छ । मंगलबार तरुण दल र नेविसंघले संयुक्तरुपमा कटहरीमा प्रदर्शन गरेका हुन् ।

कटहरी गाउँपालिकादेखि निस्किएको र्याली कटहरी बजार परिक्रमा गरी कटहरी चोकमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इन्डिया, कालापानी हाम्रो हो भन्दै भारतविरुद्ध नाराबाजी गरेका थिए ।

कोणसभामा बोल्दै तरुणदल कटहरीका अध्यक्ष निजाम खान तथा नेविसंघ अध्यक्ष कृष्ण कार्की लगायतले लिपुलेक लिम्पियाधुरा जस्ता नेपाली भुभागलाई नक्सामा राखेर दादागिरी देखाएको बताए । उनीहरुले लिपुलेक लिम्पियाधुरा जस्ता नेपाली भुभाग फिर्ता गराउन सरकारले छिटोभन्दा छिटो पहल गर्नुपर्ने बताए ।

Advertisement

जम्मु–कश्मीरको विशेषधिकार खोसेर केन्द्र शाषित राज्यमा मिलाएपछि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलगायतका नेपाली भूभाग समेटिएका छन । जसको यतिबेला देशभर तीव्र विरोध भइरहेको छ । नेपाल सरकारले भने भारतले एकतर्फीरुपमा जारी गरेको नयाँ नक्सा मान्य नहुने बताईसकेको छ । राजनीतिक तहमा पनि नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top