भैरहवा सेजको पहिलो उद्योग शक्ति मिनरल्सले शुरु गर्यो उत्पादन, ३३ लाखको विदेश निर्यात

२६ कात्तिक ७६, बुधबार

२७ कात्तिक, काठमाडौँ ।

भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापित पहिलो उद्योग शक्ति मिनरल्स प्रालिले उत्पादन शुरु गरेको छ । उक्त उद्योगले उत्पादन गरेको ५० लाखको बस्तु मध्ये ३३ लाखको बराबरको विदेश निर्यात गरेको छ । वार्षिक १ अर्बको उत्पादन गरी विदेश निर्यात गर्ने कम्पनीले जनाएको छ ।

गत असारदेखि शक्ति मिनरल्स सञ्चालनमा आएको हो । उक्त उद्योगबाट अहिले परीक्षण उत्पादन अहिले परीक्षण भइरहेको र उत्पत्तिको प्रमाणपत्रसहित प्रशासनिक प्रक्रिया सम्पन्न गरी सामान निर्यातको सुरु गरेको छ ।

Advertisement

शक्ति मिनरल्स खनिज उत्खनन् तथा अन्वेषणमा आधारित उद्योग हो । यसले खनिज पदार्थ डोलामाइट र लाइमस्टोन प्रशोधन गरी पाउडर र फ्ल्क्स (टुक्रा) उत्पादन गर्छ । लाइमस्टोन र डोलामाइटको पाउडर तथा फ्ल्क्सहरू फलामे छड उद्योगमा प्रयोग हुन्छ । हाल यी वस्तुहरु टर्की, इरान, मलेसिया लगायतका मुलुकबाट आयात भइरहेको छ ।

४० करोडको लगानीमा स्थापित यो उद्योगको दैनिक १५ सय टन प्रशोधन गर्ने क्षमता रहेको उद्योगका निर्देशक दीपकुमार झाले जानकारी दिए । उद्योगमा १५५ जनाले प्रत्यक्ष र ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएको कम्पनीले जानकारी दिएको छ ।

Advertisement

सेजका सूचना अधिकारी सुन्दर थापाले ५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज)मा ६९ वटा प्लट रहेको बताए । ती मध्ये ५० वटा प्लटमा उद्योग स्थापना भैइसकेको र बाँकी १९ वटा प्लटमा उद्योग स्थापना हुन बाँकी रहेको बताए । भैरहवा सेजमा स्थापित स्टील, एलइडी लाइट र आल्मोनियम उद्योगे पनि उत्पादनको अन्तिम चरणमा रहेको बाताए । सेजमा स्थापित उद्योगहरूलाई सरकारले कर छुट सुविधा दिएको छ । (विकास न्यूजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top