लागुऔषध सहित २ जना पक्राउ

२७ कात्तिक ७६, बुधबार
Share this
785shares

२७ कात्तिक, विराटनगर ।
मोरङ र सुनसरीका दुइ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ ।

Advertisement

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले को १३ प ५०६४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका धरान उप–महानगरपालिका–६ का २८ बर्षीय सन्तोष तामाङलाई चेकजाँच गर्ने क्रममा निजले मोटरसाईकलको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको १५ ट्याब्लेट लागुऔषध नाईट्रोसन बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।

यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका–४ बाट बिराटनगर–१६ का २४ बर्षीय अजित यादव लागुऔषध डाईलक्स डि.सी.सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले यादवको झोला चेकजाँच गर्दा उनको झोलाबाट ५१ बोतल डाईलक्स डि.सी. बरामद गरेको थियो । लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top