प्रधानमन्त्री ग्रान्डी अस्पतालमाः पिसाब नलीबाट स्टेन निकालियो

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाब नलीमा राखिएको स्टेन निकालिएको छ ।

उपचारका लागि प्रधानमन्त्री ओली शनिबार थापासी स्थित ग्रान्डी अस्पताल गएका छन् । सोही क्रममा उनको पिसाब नलीबाट स्टेन निकालिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको युरेटर(पिसाब नली)मा कात्तिक १३ गते स्टेन राखिएको थियो । त्यो बेला उनको दुईपटक डायलासिस भएको थियो ।

Advertisement

प्रधानमन्त्री ओलीको अहिलेको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिनका लागि विभिन्न परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top