विराटनगरका व्यापारी पक्राउ

३० कात्तिक ७६, शनिबार
Share this
686shares

३० कात्तिक, विराटनगर ।
विराटनगरका व्यापारी नरेशकुमार अग्रवाल ‘अंकित’लाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

अग्रवालविरुद्ध विराटनगर ८ का नगेन्द्र ठकुरीले लेनदेनको विषयमा जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए। सोही क्रममा अदालतले बुधबार अंग्रवाललाई पक्राउ गर्न प्रहरी कार्यालयलाई पत्र काटेको थियो।

पत्रमा पक्राउ परेका अग्रवाललाई २ वर्ष कैदमा राख्न पक्राउ गरि अदालतलाई बुझाउन भनिएको छ। ४१ वर्षीय अग्रवाल विराटनगरको अतिथी सदन छेउ इलेक्ट्रोनिक्स सामग्रीको व्यापार गर्दै आएका थिए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजुका अनुसार पक्राउ गरिएका अग्रवाललाई आइतबार अदालतमा पेश गरिनेछ। अग्रवालका हजुरबुबा कालुराम अग्रवाल विराटनगरमा चर्चित इलेक्ट्रोनिक्स सामग्रीको ब्यापारीका रुपमा चिनिन्छन्।

अंकितमाथी आर्थिक लेनदेन र मिटर ब्याजको आरोप छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top