×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार

३० कार्तिक २०७६

३० कात्तिक, काठमाडौँ ।
काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ ।

भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गरे ।

Advertisement
Advertisement

सोही कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङगेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो ।

भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

ती संस्थाहरुले हरेक वर्ष दक्षिण एशियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाई सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरुलाई यो अवार्ड प्रदान गर्ने गर्दछन् ।

पुरस्कार प्राप्त गरेपछि खुशी व्यक्त गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक ढकालले यो पुरस्कार चन्द्रागिरि हिल्सले मात्र नभएर नेपालको सिङ्गो पर्यटन क्षेत्रले नै प्राप्त गरेको बताए ।

उनले यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको सकारात्मक सन्देश गएको र नेपालमा भारतीय पर्यटकहरुको आगमनमा वृद्धि गर्न तथा विशेषगरी नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चन्द्रागिरि हिल्समा अवस्थित भालेश्वर मन्दिरका साथै केवलकार, रिसोर्टलगायतका विविध एकीकृत पर्यटकीय संरचनाहरुका कारण पछिल्लो समय चन्द्रागिरि हिल्समा पुग्ने भारतीय पर्यटकहरुको सङ्ख्या बढेको बताउँदै यस अवार्डले आफूलाई थप उत्साहित बनाएको महाप्रबन्धक शाहले बताए ।

महाप्रबन्धक शाहका अनुसार त्यहाँ अवस्थित भालेश्वर मन्दिर भारतीय धार्मिक पर्यटकहरुका लागि प्रमुख आस्थाको केन्द्रका रुपमा विकसित भइरहेको छ । नेपालमा पशुपतिनाथको दर्शनका लागि आउने भारतीय पर्यटकहरु प्रायः भालेश्वरमा पनि पुग्ने गरेका उनको भनाइ छ ।

काठमाडौँको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरिमा २०७३ सालमा केबलकार सञ्चालनमा आएपछि हाल त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरु निर्मित छन् ।

Advertisement

महाप्रबन्धक शाहका अनुसार हाल चन्द्रागिरिमा प्रत्येक दिन कम्तीमा दुई हजार देखि दुई हजार ५०० सम्म आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top