×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

हङकङमाथि नेपालको सहज जित, शरदको उत्कृष्ट इनिङ

३० कार्तिक २०७६

३० कात्तिक, ढाका ।
बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित दर्ता गरेको छ । समूह चरणको दोस्रो खेलमा शनिबार नेपालले हङकङमाथि ४० रनको सहज जित दर्ता गरेको हो ।

बंगलादेशको बीकेएसपीस्थित मैदानमा भएको खेलमा तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष बोहोराले उत्कृष्ट सुरुवात दिलाएपछि नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४६ औं ओभरमा १ सय ७७ रनमा समेटियो ।

Advertisement
Advertisement

नेपालले पहिलो पावरप्लेमै सुरुवाती ४ विकेट लिएको थियो । दोस्रो ओभरको अन्तिम बलमा करण केसीले ओपनर क्यामरन लालचनलाई विकेटकिपर विनोद भण्डारीबाट ४ रनमा क्याच आउट गराए । करणलेनै पाँचौ ओभरको पाँचौ बलमा अशान अलीलाई १० रनमा कट बिहाईन्ड गराए ।

अभिनासले आठौं ओभरको पहिलो बलमा निजाकट खान मोहम्मददाई विनोदबाट ९ रनमा क्याच आउट गराए । दशौं ओभरको अन्तिम बलमा अभिनासले शाहिद वासिफलाई विनोदबाटै १० रनमा क्याच आउट गर्दै पेभिलिएन फर्काए । १२ औं ओभरको अन्तिम बलमा अभिनासले एजाज खानलाई शून्यमा कट बिहाइन्ड गराए ।

एक समय ४७–५ को कमजोर स्थितिमा पुगेको हङकङलाई किन्चित शाह र हारुन अर्षदको ६२ रनको साझेदारीले केहि उकासेको थियो । अर्षद ५१ बलमा १ चौकासहित २६ रन जोड्दै करणको बलमा सर्ट मिड अनमा समातिए । त्यसको केहिबेरमा नै किन्चित पनि विनोदकै हातबाट समातिए । उनलाई सुशन भारिले ५३ रनमा खेल्दा आउट गराए । किन्चितले ८० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

अफताब हुसेन १ रन जोड्दै सुशनको बलमा आरिफद्वारा पहिलो स्लिपमा समातिए । लगत्तै नसरुल्ला राना १० रनको अवस्थामा रनआउट भए । एहसान नवाजले नटआउट ४४ रनको योगदान दिँदा रौनक कपुर ९रन जोड्दै रनआउट भए । एहसान र रौनकले अन्तिम विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । नेपालका लागि करण केसी र अभिनाष बोहोराले ३–३ तथा सुशन भारिले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर शतकनजिक पुगेर अन्तिम ओभरमा आउट हुँदा नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ८९ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा मिडअन क्षेत्रमा क्याच आउट हुनुअघि उनले १ सय ३९ बलको सामना गर्दै ९ चौका प्रहार गरे । शरदले आफ्नो इनिङका दौरान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग दुई महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

खराब सुरुवात गरेको नेपाल एक समय तेस्रो ओभरमा ३–२ को दयनीय अवस्थामा रहेको थियो । नेपाललाई शरद र दीपेन्द्रसिंह ऐरीको तेस्रो विकेटको साझेदारीले उकासेको थियो । नेपालले दुवै ओपनरलाई विपक्षी कप्तान एजाज खानको बलिङमा गुमाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा एजाजकै हातबाट क्याचआउट हुन पुगेका थिए । लगातार दोस्रो खेलमा दोस्रो बलमा आउट भएका ज्ञानेन्द्रले यस खेलमा पनि खाता खोल्न सकेनन् । उनी यसअघि भारतविरुद्ध पनि दोस्रो बलमा बोल्ड भएका थिए । एजाजको दोस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल बोल्ड भए । त्यसपछि दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ८३ रनको साझेदारी गरे । दिपेन्द्रले ६७ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडे । उनी २३ औं ओभरको पाँचौ बलमा अफताब होसेनको बलमा स्टम्पिङ आउट भएका थिए । दीपेन्द्र ब्याटिङ गर्ने क्रममा केहि अगाडी बढ्द अफताबले वाइड बल फ्याँकेपछि विकेटकिपर शहिद वासिफले उनलाई स्टम्पिङ आउट गरेका थिए ।

आरिफ र शरदले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्कोरतर्फ लम्काएका थिए । आरिफले ४८ बलमा ४२ रन जोडेका थिए । उनले यसक्रममा ३ चौका र ३ छक्का प्रहार गरे । आरिफ स्पिनर एहसान खानको बलमा विकेटकिपरको हातबाट समातिएका थिए । आरिफको विकेट पतनपछि पवन सर्राफ ३ बलमा खाता नखोल्दै पेभेलियन फर्किए । उनले रौनक कपुरको बलमा रिटर्न क्याच दिए ।

विनोद भण्डारी पनि ठूलो सट खेल्ने धुनमा सर्ट मिड विकेटमा क्याचआउट भए । उनले १३ बलमा एक चौकासहित १५ रनको योगदान दिए । करण केसी १२ बलमा ७ रन जोड्दै क्याचआउट भए । सुशन भारीले ६ र ललित राजवंशीले १ रन जोड्दा अभिनाष बोहोरा २ रनमा नटआउट रहे । हङकङका लागि एजाज खानले ३ विकेट लिए भने नसरुल्ला खान र एहसान खानले २–२ विकेट बाँडे । अफताब हुसेन र रौनक कपुरको नाममा १–१ विकेट रहयो ।

Advertisement

यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । सोमबार बलियो प्रतिस्पर्धी बंगलादेशलाई हराए नेपालको सेमिफाईनल पुग्ने सम्भावना रहन्छ । हङकङ भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top