टि–टेन लिग : सन्दीपको खराब प्रर्दशनसँगै कर्नाटक पराजित

२ मंसिर ७६, मंगलबार

एजेन्सी,मंसिर २
यूएईमा जारी टि–टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको खराब प्रर्दशन गरेसँगै कर्नाटक टस्कर्स डेक्सन ग्लेडियटर्ससँग ५ विकेटले पराजित भएको छ ।
१ सय ११ रनको विजयी लक्ष्य पछ्याएको डेक्सनले ८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । डेक्सनको जितमा काइरान पोलार्ड २२ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे । त्यस्तै मोहम्मद शहजाद १३ र भानुका राजपक्षेरले २७ रन जोडे । भानुकाले ७ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

सन्दीपले २ ओभरमा ३५ रन खर्चिदा विकेट लिन सकेनन् । प्राट्रिक ब्राउन, मलिन्डा पुष्पकुमारा र महमद राजाले १–१ विकेट लिए । शपुर जद्र्रानले २ विकेट लिए ।
सन्दीपले चौथो ओभरको पहिलो बलमा काइरान पोलार्डलाई २, दोस्रो बलमा डट र तेस्रो बलमा १ रन दिए । चौथो बलमा एज्टोन डेभिसिच र पाँचौ बलमा पोलार्डलाई १–१ रन दिए । अन्तिम बल डट राखेका थिए ।

छैटौं ओभरमा सन्दीपले ३० रन खर्चिए । पोलार्डले सन्दीपलाई सुरुवाती चार बलमा लगातार छक्का प्रहार गरे । पोलार्ड यतिकैमा रोकिएनन् । पाँचौ बलमा चौका र अन्तिम बलमा २ रन जोडेपछि सन्दीप महँगो सावित भएका हुन् ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङ थालेका कर्नाटकले १० ओभरमा ३ विकेट गुमाउदै १ सय १० रन बनाएको थियो । उसका ओपनर जोसन चाल्र्स ३५, इभिन लुइस २३ र रोश व्हाइटली १३ रन जोडे । कप्तान हसिम अमला १९ बलमा ४ चौका सहित ३२ रनमा अविजित रहे । उसका जाहिर खान, फवाद अहमद, मिगेल प्रिटोरियसले १– १ विकेट लिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top