उदयपुरको बेलका नगरपालिकामा ढुंगा उत्खनन विवादलाई लिएर प्रहरी र स्थानीयबीच झडप

Share this
645shares

३ मंसिर, उदयपुर । उदयपुरको बेलका नगरपालिका ४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ ।

Advertisement

झडपपछि स्थानीयले चक्काजाम समेत गरेका छन् । झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन् ।  सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए ।

रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजाने क्रममा सोमबार राति नै स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

Advertisement

सोमबार नगरपालिकाका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो। छलफलमा सिसुवा खोला र गिदेरी खोलाबाट अहिलेलाई ढुंगा लाने काम स्थगन गर्ने सहमति भए पनि टिपरमा लोड गरिएको ढुंगा त्यही खन्याउने विषयमा सहमति जुट्न नसकेको छलफलमा सहभागी रमेश आचार्यले बताए।

छलफल नमिलेपछि नगरपालिकाले विषय टुंगो लगाउन जिल्ला प्रशासन कार्यलयलाई जिम्मा दिएको थियो। नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुंगा उत्खनन रोक्न माग गरेको थियो ।

Advertisement

गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो। सम्झौता पत्रमा नगरपालिकाको दसवटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ। जसमा अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top