विद्यालय क्षेत्र विकासमा विश्व बैंकले २ अर्ब ७४ करोड सहायता उपलब्ध गराउने

११ मंसिर ७६, बिहीबार

११ मंसिर, काठमाडौँ ।
विश्व बैंकले विद्यालय क्षेत्र विकाश कार्यक्रमको लागि यो वर्ष पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थ सचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक फरिस एच हादाद जेरोभ्स एक कार्यक्रमका बीच अनुदान सहायतामा हस्ताक्षर गरे ।

Advertisement

सम्झौता अनुसार बिश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र बिकाश कार्यक्रमको लागि २ अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउने भएको छ । विद्यालय क्षेत्र विकाश कार्यक्रम अन्तरगत यो वर्ष ७० लाख बिद्यार्थी, एकलाख असि हजार शिक्षक र तीस हजार बढी सामुदायिक बिद्यालयमा रहेका प्रारम्भिक बाल विकाश केन्द्रमा संचालन हुने सम्झौतामा उल्लेख छ ।

यस्तै बिश्व बैंकले नेपाली युवालाई स्वरोजगार बनाउन भन्दै युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना संचालन गर्न पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ। यो परियोजना संचालनको लागि १३ अर्ब ६३ करोड अनुदान सहायता उपलब्ध गराउने भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग पुग्नेगरी यो परियोजना संचालन हुनेछ। देश भरि ७५३ वटा रोजगार सेवा केन्द्रको स्थापना गरि एक लाख बढी युवालाई रोजगार दिने सरकारको लक्ष रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top