आजका प्रमुख खबरहरुः
१.(चाडो पहल गरौं)
नेपालका भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद समाधान गर्नेबारे पहल गरिरहेको सरकारको दाबी /लिम्पियाधुरासम्म नेपालको भूमि भएको प्रमाण सुरक्षित रहेको र थप प्रमाण आवश्यक परे खोजी गरिने ।
२.(गुठीबाट भूमि)
सरकारले गुठी पनि समेटेर नयाँ भूमि विधेयक ल्याउने /नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाई ।
३.(स्वास्थ्यमा सुधार)
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार /ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै प्रधानमन्त्रीद्वारा शुभेच्छा प्रकट ।
४.(मृतकको सनाखत)
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबै १९ जनाकै सनाखत / दुर्घटनामा १० जना घाइते मध्ये ६ जनाको अवस्था गम्भीर /घाईतेहरुको बुटवल, भैरहवा, ललितपुरमा उपचार हुँदै ।
५.(प्रतिबन्धको पालना)
प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका दाङका जिल्ला अध्यक्ष २५ वर्षीय अनिल केसी पक्राउ / घोराहीमा विद्यार्थीले प्रदर्शन गर्ने क्रममा केसी पक्राउ परेको प्रत्यक्षदर्शीको भनाई ।
६.(प्रहरीमै शंका)
नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका अनरास्ववियू कार्यकर्तालाई कारबाही गर्न नेपाली कांग्रेसको माग / प्रहरीले पनि अनेरास्ववियूका विद्यार्थीलाई संरक्षण गरेको आरोप ।
७.(त्रिविको हिम्मत)
कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति विनै त्रिविको सिनेट बैठक बस्यो / सिनेट बैठक नबस्दा तलब खुवाउनभन्दा विकास बजेट खर्च गर्न गाह्रो भइरहेकोले उपकुलपति धर्मकान्त बाँस्कोटाको भनाई ।
८.(पूरानै रटान)
संविधान संशोधन अगाडि नबढाए सरकारबाट बाहिरिने समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईको चेतावनी /प्रधानमन्त्रीको स्वास्थ्य र उपनिर्वाचनलाई बहाना बनाएर वार्ता पन्छाउन खोजे पनि अब टुङ्गोमा पुर्याइने उल्लेख ।
९.(पर्यटन र हस्तकला)
साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /पर्यटन वर्ष २०२०मा पर्यटकहरुलाई नेपाली हस्तकलाको जानकारी गराउन प्रदर्शनीस्थलको व्यवस्था गर्न व्यवसायीको माग ।
१०.(साग जोरविजोर)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने /साग सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउन ट्राफिक प्रहरीद्वारा ८ बुँदे अनुरोधनै जारी ।
११.(पुटिनका लागि पुलकित)
नेपाललाई अन्र्तराष्ट्रिय मञ्चमा देखिने र सुनिने बनाउने गरी सरकारले गतिविधिलाई निरन्तरता दिइरहेको सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भनाई /रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रमणको निम्तो दिएको र पुटिनको भ्रमण हुनेमा आशावादी रहेको उल्लेख ।
१२.(हस्तकलाको प्रबद्र्धन)
काठमाडौंको भृकुटीमण्डपमा १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता शुरु / मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता ।
१३.(तयारी भब्य)
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पूरा / मंसिर १५ गते आइतबार साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने ।
१४.(पाकिस्तान विजयी)
दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा पाकिस्तानद्वारा विजयी सुरुवात / बिहीबार भएको समूह ‘बी’ को खेलमा पाकिस्तानद्वारा माल्दिभ्स ३–० को सोझो सेटमा पराजित ।
र,
१५.(बारुद र विष्फोट)
अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको बारुदी सुरुङ आक्रमणमा परी १५ जनाको मृत्यु / मृत्यु हुनेमा ६ महिला, एक पुरुष र आठ बालबालिका रहेको पुष्टि/आक्रमणमा अन्य दुई जना घाइते ।