डेबिड वार्नरले बनाए तेहेरो शतक

एजेन्स, मंसिर १४
अष्ट्रेलियाका ओपनर डेविड वार्नरले पाकिस्तानसँगको दोस्रो टेष्टमा तेहोरो शतक प्रहार गरेका छन् । वार्नरको यो करिअरकै पहिलो तेहेरो शतक हो । दोस्रो दिन १ सय २० ओभरको पहिलो बलमा चौका प्रहार गर्दै वार्नरले ३ सय ८९ बलमा तेहोरो शतक पुरा गरेका हुन् ।

अष्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गर्दा उनी ३ सय ३५ रनमा नटआउट रहे । उनले ४ सय १८ बलको सामना गर्दै ३९ चौका र १ छक्का प्रहार गरे । अष्ट्रेलियाले ५८९–३ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको हो । म्याथ्यु वेडले ३८ रनमा नटआउट रहे ।

तेहेरो शतक जोडेका वार्नरले दोस्रो दिनको खेलमा उनले जीवनदान पाएका थिए । मुसा खानको बलमा बाबर आजमले क्याच गरेपनि अम्पायरले नोबल दिएका थिए । तेहेरो शतकसँगै वार्नर अष्ट्रेलियाका लागि टेष्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक स्कोर जोड्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा पुगेका छन् । अष्ट्रेलियाका लागि म्याथ्यु हेडनले जिम्बाब्वेविरुद्ध ३ सय ८० रन जोडेका थिए ।

Advertisement

स्टिभ स्मिथ ३६ रनमा विकेटकिपर मोहमद रिजवानको हातबाट क्याच आउट भए । योसँगै स्मिथ टेष्टमा सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने ब्याट्सम्यान बनेका छन् । अष्ट्रेलियाले दोस्रो दिनको दोस्रो सेसन चलि रहँदा १ सय २२ ओभरमा ३ विकेट गुमाउँदै ३ सय १५ रन बनाएको छ ।

मार्नस लाबुसेन २ सय ३८ बलमा २२ चौका सहित १ सय ६२ रनमा बोल्ड आउट भए । उनलाई युवा तीब्र गतिका बलर शाहिन शाह अफ्रिदीले बोल्ड आउट गरेका थिए । उनले यो टेष्ट करिअरको दोस्रो शतक हो । यसअघि पहिलो टेस्टमा पनि उनले शतक प्रहार गरेका थिए ।

Advertisement

दोस्रो विकेटका लागि वार्नर र लाबुसेनले ३ सय ६१ रनको साझेदारी गरेका थिए । ओपनर जो बन्र्सलाई शाहिन अफ्रिदीले चौथो ओभरको चौथो बलमा मोहम्मद रिजवानबाट ४ रनमा क्याच आउट गराएका थिए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सबै ३ विकेट लिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top