गरिबीलाई पदकले रोक्न सकेन, कीर्तिमानी खेलाडी साग त्यागेर वैदेशिक रोजगारमा

१४ मंसिर, काठमाडौं ।
दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो। स्वदेशमै हुन लागेको सो प्रतियोगिताका लागि सबैलाई काठमाडौंको होटलमा राखेर सिकाइँदै थियो। तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन्। ‘मन्दिर जान्छु’ भन्दै झिसमिसेमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन्।

राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हरेक खेलाडीको धोको हुन्छ। त्यसमाथि सागजस्तो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन्। वर्षौं कठोर परि श्रम गर्छन्। सबैको सपना पूरा हुँदैन। तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन।

सागमा नेपालले पदकको आशा गरेका खेलाडी हुन्, तुलसा। अघिल्लो महिना चीनको उहानमा आयोजित सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा उनले महिला ४ सय मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। सुर्खेत घर भएकी तुलसाले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङमा भएको ४ सय मिटर दौडमा पनि स्वर्णपदक जितेकी थिइन्।

Advertisement

यसपालिको सागमा उनले ४ सय मिटर दौड, ४ सय मिटर रिले र ४ सय मिटर हर्डल्समा प्रतिस्पर्धा गर्ने तय थियो। एथलेटिक्सका प्रमुख प्रशिक्षक चन्द्र गुरुङले भने ‘प्रतियोगिताको मुखैमा हामी सबैलाई ढाँटेर विदेश भागिन् उनीबाट हामीले गतिलो आशा गरेका थियौं। यो घटनाले हामी स्तब्ध छौं।’

गुरुङका अनुसार तुलसा पूजा गर्न मन्दिर जान्छु भन्दै बिहान ५ः३० बजे होटलबाट बाहिरिएकी थिइन्। ‘होटलका गार्डलाई उनले पूजा गर्न मन्दिर हिँडेको भनेर ढाँटिछन्’, उनले भने, ‘हातमा पूजाको थाली पनि बोकेकी रैछन्।’

प्रशिक्षणस्थलमा नपुगेपछि उनको खोजी भयो। तर, मन्दिर जान्छु भनेकाले कसैले खासै वास्ता गरेनन्। दिउँसोसम्म पनि सम्पर्कमा नआएपछि मात्र गम्भीर रूपमा उनको खोजी हुन थाल्यो।

तुलसाका प्रशिक्षक राकेश वज्राचार्यले उनी प्रशिक्षणमा उपस्थित नभएको जानकारी सम्बन्धित अधिकारीहरूलाई गराएका थिए। त्यसपछि उनका साथीहरूसँग सोधखोज हुँदा तुलसा वैदेशिक रोजगारीका लागि सुटुक्क कतार हिँडेको पत्ता लागेको थियो। तुलसाले विभागीय टोली त्रिभुवन आर्मी क्लबका तर्फबाट प्रतियोगिता खेल्दै आएकी थिइन्।

उनले कतारका लागि बिहान ९ः३० बजे बोर्डिङ पास लिएको पाइएको प्रमुख प्रशिक्षक गुरुङले बताए। राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भने‘तुलसा भागेको जानकारी हामीलाई प्राप्त भइसकेको छ, मैले पनि यस विषयमा युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिलाई जानकारी गराएको छु।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top