×

NEPAL TIMES UPDATES

Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026

जलविद्युत् कम्पनीको शेयरमा आकर्षण हरायो

१४ मंसिर २०७६

१४ मंसिर, काठमाडौँ । 

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको बेला शेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण शेयर आउन लागेका छन् ।

Advertisement
Advertisement

नेपाल धितोपत्र बोर्डको तथ्याङ्कलाई नै हेर्ने हो भने भने पनि विभिन्न १२ कम्पनीका करीब रु चार अर्ब ४० करोड ६५ लाख ५९ हजार ६०० बराबरको साधारण शेयर बिक्रीका लागि तयारी हालतमा छन् । त्यसमा सबैभन्दा बढी जलविद्युत् कम्पनी प्राथमिक शेयर बिक्रीको तयारीमा छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल ३२ जलविद्युत् कम्पनीमध्ये बिहीबारको कारोबारका आधारमा हेर्ने हो भने १८ वटा जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा आधारभूत मूल्यभन्दा निक्कै तल छ । त्यो भनेको रु १०० मा खरीद गरेको शेयर त्यो भन्दा निक्कै तल आइपुगेको अवस्था हो ।

विगतमा राम्रो लाभ दिने भनेर चिनिएको चिलिमे जलविद्युत् कम्पनीको शेयरसमेत घटेर प्रतिकित्ता रु ३५५ को हाराहारीमा आइपुगेको छ । आधारभूत मूल्यभन्दा माथि रहेका जलविद्युत् कम्पनीमा अपि पावर रु १०२, अरुण काबेली रु १२०, बुटवल पावर कम्पनी रु ३४४, नेपाल हाइड्रो रु १०४, ङ्यादी रु १०८, पाँचथर पावर रु १०४, राधी रु १३८, सानीमा माई रु १८० मा दोस्रो बजारमा कारोबार भइरहेको छ ।

निर्माणाधीन अवस्थामा नै रहेका माथिल्लो तामाकोशीको शेयर मूल्य दोस्रो बजारमा रु २२४ प्रतिकित्तामा कारोबार भइरहेको छ । यस्तै रसुवागढी रु १६३ र साञ्जेनको रु १५३ मा कारोबार भइरहेको छ ।

बजारमा लगातार जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ता डुबिरहेको बेला बजारमा आउन लागेको प्राथमिक शेयरले बजारलाई कुन लय र गतिमा लैजाला भन्ने चासो पनि उत्तिकै छ । शेयर बजारलाई नजिकबाट नियालिरहनु भएका विश्लेषक प्रकाश तिवारीको विचारमा कमजोर कम्पनीलाई साधारण शेयर जारी गर्नै दिनुहुन्न ।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, मर्चेन्ट बैंकर तथा प्रत्याभूतकर्ता कम्पनीले पनि अब सोच्ने बेला आएको तिवारीको भनाइ छ । जलविद्युत् प्रवद्र्धकले निर्माणको क्रममा नै आफूलाई फाइदा निकाल्ने र साधारण शेयरधनीलाई मर्कामा पार्ने प्रवृत्ति मौलाएका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरले गति लिन नसकेको तिवारीले टिप्पणी गरे ।

वित्तीयरुपमा कमजोर अवस्थामा रहेका जलविद्युत् कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७५÷७६ को मुनाफासमेत राम्रो दिन सकेका छैनन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित विवरणसमेतमा उनीहरुको अवस्था कमजोर देखिन्छ । एकाधबाहेक अधिकांश कम्पनीले शेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन । यसको प्रभाव दोस्रो बजारसमेतमा परेको छ ।

गत आवको पहिलो त्रैमासमा जलविद्युत् कम्पनीले रु ६८ करोड २५ लाख २४ हजार १२२ नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा केही प्रतिशत नाफा बढेको देखिए पनि समग्रमा लगानीकर्ता घाटामा परेका छन् ।

आव २०७५÷७६ को पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा करीब १९ प्रतिशतले नाफा बढेर रु ८१ करोड ५६ लाख एक हजार ७४१ पुगे पनि मूल्यवृद्धि तथा अन्य कारणले त्यसको सकारात्मक प्रभाव परेको देखिँदैन ।

हालसम्म प्रकाशित विवरणअनुसार कूल २७ वटा जलविद्युत् कम्पनीको वित्तीय विवरण प्रकाशित भएको छ । त्यसमा सात वटा कम्पनीको हालत कमजोर नै रहेको छ । उदाहरणका लागि दिव्यश्वरी हाइड्रोपावर गत आवको पहिलो त्रैमासमा नै रु १३ लाख २७ हजार बराबरको नोक्सनी व्योहोरेको थियो । चालु आवको पहिलो त्रैमासमा सो कम्पनीको नोक्सान बढेर रु ३५ लाख ७२ हजार पुगेको छ ।

खानीखोला जलविद्युत् कम्पनीको गत आवको पहिलो त्रैमासमा रु तीन करोड ६५ लाख ४४ हजार ५२६ नोक्सानमा थियो । चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान ८।५२ प्रतिशतले घटेपनि रु तीन करोड ३४ लाख ३० हजार ७३७ मा रहेको छ ।

माउन्टेन हाइड्रोको गत आवको पहिलो त्रैमासमा रु दुई करोड २६ लाख सात हजार ७४६ घाटा खाएकामा चालु आवको पहिलो त्रैमासमा घाटा बढेर रु चार करोड ५८ लाख ३० हजार ६६९ मा पुगेको छ । कुनै समय राम्रो प्रतिफल दिने कम्पनीको रुपमा परिचित बुटवल पावर कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ ।

आगामी असारदेखि सोही कम्पनीले व्यवस्थापन गर्ने हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्तीको ५० प्रतिशत हिस्सा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आउने भएपछि झन् घाटा बढ्ने देखिन्छ । यस्तै अरुण काबेली पनि रु चार लाख ३९ हजार ३३३ बरारबरको नोक्सानीमा रहेको छ ।

मनसुनको समयमा नै केही जलविद्युत् कम्पनीको विद्युत् बिक्री कम छ । त्यसमा कालिका पावर, खानीखोला, आँखुखोला, युनियन हाइड्रो, राधी रहेका छन् ।

समग्र आर्थिक सूचक नकारात्मक रहिरहेको बेला जलविद्युत् कम्पनीले शेयरधनीलाई कुनै प्रतिफल दिन सक्ने अवस्था देखिँदैन । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले भने, “सरकारले विद्युत् खरिद बिक्रीको दरलाई केही परिमार्जन गर्ने हो भने विद्यमान समस्याको ५० प्रतिशत समाधान निस्कन्छ । अन्यथा जलविद्युत् कम्पनीको अवस्था यस्तै कमजोर बन्दै जान्छ ।”

Advertisement
Advertisement

उनले विद्युत् खरीद बिक्रीमा देखिएको असमानतलाई सच्याउनुपर्ने तथा केही नीतिगत सुधार गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए । जलविद्युत् कम्पनी समस्यामा पर्दा त्यसले बैंक तथा वित्तीय संस्थालाई समेत समस्यामा पार्ने र अन्ततः देशको अर्थतन्त्रसमेतलाई नकारात्मक दिशामा लैजाने भएकाले तत्काल कुनै न कुनै समाधानको उपाय खोजी हुनुपर्ने अध्यक्ष गुरागाइँको टिप्पणी छ ।रासस

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top