विराटनगर जेसिजमा उज्वल खरेलको नेतृत्वमा नयाँ कार्यसमिति

१५ मंसिर ७६, आइतबार
Share this
695shares

१५ मंसिर, विराटनगर ।
विराटनगर जेसिजको वर्ष २०२० को लागि उज्वल खरेलको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरिएको छ । संचालक समितिको चुनाव गराउन गठित प्रमुख निर्वाचन आयुक्त जेसि राजेन्द्र थपलिया ,सदस्यहरु जेसि सुरेशलाल श्रेष्ठ ,जेसि टिपि आचार्य ,जेसि हरिबहादुर श्रेष्ठ ,जेसि टिकाराज ढकाल,जेसि देवेश प्रधान,प्रमुख सल्लाहकार सिनेटर फुलकुमार लाल्वानिसहितको निर्वाचन समितिले संचालक समितीमा जम्मा १५ सदस्य रहने ब्यवस्था अनुसार निर्वाचन प्रक्रियाबाट निर्विरोध पदाधिकारी चयन गरेको हो ।

Advertisement

शनिबार गठित समितीको अध्यक्षमा जेसि उज्वल खरेल ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष जेसि प्रदिप दाहाल ,तालीम निर्देशक जेसि प्रीतेस राज दाहाल ,कार्यकारिणी उपाध्यक्ष जेसि सिदार्थ शाह ,जेसि बिज्ञान बस्नेत ,उपाध्यक्ष जेसि कबिराज दाहाल ,जेसि पुजा शर्मा ,जेसि सन्राइज चौधरी ,जेसि रमेश अधिकारी ,जनसम्पर्क अधिकारी जेसि प्रवेश दुलाल रहेका छन् ।

Advertisement

अरु पदाधिकारी अध्यक्षले मनोनीत गर्ने ब्यबस्था अनुसार कानुनी सल्लाहकार ,महासचिव ,कोषाध्यक्ष र सह–सचिव पदस्थापन कार्यक्रमको दिन बोर्डले पूर्णता पाउने निर्वाचन समिति सदस्य देवचन्द्र घिमिरेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top