राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० गते

२१ फागुन ७४, मंगलबार

काठमाडौं, फागुन २२
रआगामी फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भएको छ । राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा हुने जानकारी गराएकी हुन् ।

Advertisement

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा उनले राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार ३० गते बुधबार १ बजे राष्ट्रियसभा अध्यक्षको निर्वाचन तोकिएको स्पष्ट पारिन् ।

जेष्ठ सदस्य भट्टले राष्ट्रियसभा अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न पनि संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिईन् ।

Advertisement

त्यसैगरी बैठकले राष्ट्रियसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । नौं सदस्यीय मस्यौदा समिति पारित गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

एमालेका सांसद खिमलाल भट्टराईले नियमावली मस्यौदा समिति गठन गरियोस भनि राखिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी रावल, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दिनानाथ शर्मा, जीवन बूढा, बृशेषचन्द्र लाल र प्रमिला कुमारी सदस्य रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top