काठमाडौं, फागुन २२
राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले संविधान संसोधनमा प्रतिवद्धता जनाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेता महतोले कार्यान्वय नहुने सम्झौता नभई मनले प्रतिवद्धता गरि संविधान संसोधन गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
विभिन्न कालखण्डमा पटक पटक सम्झौता भएको तर कार्यन्वयन नभएको स्मरण गर्दै उनले कार्यान्वयन नहुने सम्झौता नगर्न ध्यानाकर्षण गराए ।
विगतमा हुदै आएका सम्झौता र धोकालाई क्रमभंग गरि यथार्थमा संविधान संसोधन गरि श्रृजनात्मक काम गर्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
संविधान बनाउने समयमा राज्यले आफुहरुको आवाज नसुनेको, सडकमा लड्दै गर्दा, बन्दुक देखाएर संविधान जारी गरि राजधानीमा दिपावली मनाईएको भन्दै बैठकमा बोल्दै गर्दा राजपाका सांसद महतो निकै भावुक भए ।
उनले विगत सम्झदै सम्झौताको नाममा धोका नदिन पटकपटक ध्यानाकर्षण गराए । उनले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई बैठकमा सहभागी हुनका लागि आवश्यक वातावरण मिलाउन आग्रह पनि गरे । महतोले वामगठबन्धनको सरकारलाई आफ्नो सहयोग र समर्थन रहेको बताए ।