संविधान संसोधनमा प्रतिवद्धता जनाउन सरकार सँग महतोको आग्रह

२१ फागुन ७४, मंगलबार

काठमाडौं, फागुन २२
राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले संविधान संसोधनमा प्रतिवद्धता जनाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् ।

Advertisement

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेता महतोले कार्यान्वय नहुने सम्झौता नभई मनले प्रतिवद्धता गरि संविधान संसोधन गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

विभिन्न कालखण्डमा पटक पटक सम्झौता भएको तर कार्यन्वयन नभएको स्मरण गर्दै उनले कार्यान्वयन नहुने सम्झौता नगर्न ध्यानाकर्षण गराए ।

Advertisement

विगतमा हुदै आएका सम्झौता र धोकालाई क्रमभंग गरि यथार्थमा संविधान संसोधन गरि श्रृजनात्मक काम गर्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

संविधान बनाउने समयमा राज्यले आफुहरुको आवाज नसुनेको, सडकमा लड्दै गर्दा, बन्दुक देखाएर संविधान जारी गरि राजधानीमा दिपावली मनाईएको भन्दै बैठकमा बोल्दै गर्दा राजपाका सांसद महतो निकै भावुक भए ।

Advertisement

उनले विगत सम्झदै सम्झौताको नाममा धोका नदिन पटकपटक ध्यानाकर्षण गराए । उनले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई बैठकमा सहभागी हुनका लागि आवश्यक वातावरण मिलाउन आग्रह पनि गरे । महतोले वामगठबन्धनको सरकारलाई आफ्नो सहयोग र समर्थन रहेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top