×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

विद्या भट्टराईः ‘आँशुको व्यापार’को आरोपलाई जनमतबाटै जवाफ

१६ मंसिर २०७६

१६ मंसिर, कास्की । 

 वास्तवमै कठिन थियो–विद्याको राजनीतिक यात्रा । ‘सेतो साडीमा आँशुको व्यापार गरेर सहानुभूति बटुल्न खोजेको’ आरोप लाग्दा कुनै बिझाउने जवाफ नदिइ विद्या भट्टराईले अन्ततः जनताको मतबाट गतिलो जवाफ दिइन् ।

Advertisement
Advertisement

राष्ट्रिय चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भट्टराई प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित भइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतान्तरले विजय हासिल गरेर राजनीतिमा आफ्नो पकड देखाइन् ।

दिवङ्गत नेता रवीन्द्र अधिकारीका जीवनसँगीनी भएकाले पनि उनीप्रतिको चासो उत्तिकै थियो । राजनीतिक पृष्ठभूमिका आधारमा उहाँ राजनीतिमा आउनुपर्छ भन्ने जमात पनि बाक्लै थियो, त्यही भावनालाई नेकपाले मनन गरेर टिकट दियो । जब नेकपाको कास्की जिल्ला कमिटीले उनलाई एकमात्र उम्मेदवारका रुपमा नाम सिफारिस ग¥यो, तब उनीमाथि पार्टीभित्रैबाट रोक्न प्रयास नभएको होइन ।

नेत्री भट्टराईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाका एक अभियानकर्मी अधिकारीले विकास र समृद्धिका लागि साँच्नुभएका सपना तथा आफ्ना योजनालाई पूरा गर्दै जनताको आफूमाथिको आशा र भरोसा टुट्न नदिएर राजनीतिक यात्रामा अघि बढ्ने बताइन् ।

भट्टराईले कहीँ कतै एक थोपा आँसु झारेर मत माग्नु भएन । पीडाका ती तमाम अवस्था बिर्सन खोजे पनि उनका अगाडि मतदाता रवीन्द्रलाई सम्झेर भक्कानिन्थे तर उनले आफूलाई सम्हालिन् र मतदातालाई निडर भएर सम्झाइन्।

आरोप प्रत्यारोपमा नउत्रिएर राजनीतिक संस्कारको उच्चतम उदाहरण उनले प्रस्तुत गरेकी थिइन् । विद्या भट्टराई आफ्ना पति अधिकारीको मृत्युपछि कुनै पदको लोभले राजनीतिमा प्रवेश गर्नुभएको कदापि थिएन । एउटा बाध्यता थियो । आम जनताको चाहना थियो ।

विसं २०२९ कात्तिक २९ मा काठमाडौँमा जन्मिएकी भट्टराईमा सानै उमेरमा राजनीतिक चेत थियो । उनी ७ कक्षा पढ्दा नै अनेरास्ववियुमा आबद्ध भएकी थिइन् । विसं २०४२ मा पशुपति मित्र मावि, चावहिल काठमाडौँमा ७ कक्षामा अध्ययनरत हुँदा अनेरास्ववियुले आयोजना गरेको सरसफाइ आन्दोलन, हाजिरीजवाफ, वक्तृृत्वकला, वृक्षरोपण आदिमा सहभागी भएर उनले आफ्नो राजनीतिक यात्रा शुरु गरिन् ।

विसं २०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन् । अखिल नेपाल महिला सङ्घको जिल्ला समिति काठमाडौँमा कोषाध्यक्ष हुँदै उनले तत्कालीन नेकपा (एमाले)को सङ्गठित सदस्यका रुपमा राजनीतिक यात्रामा अघि बढाइन् । वि.सं २०४८ मा अनेरास्ववियु राष्ट्रिय परिषद्मा निर्वाचित भएकी विद्या १८ वर्षकै उमेरमा एमाले वडा कमिटी सदस्यसमेत बनिन् ।

नेविसङ्घको वर्चस्व रहेको पद्मकन्या क्याम्पसमा २०४९ सालमा स्ववियु सभापतिमा उम्मेदवार बनेकी थिइन् । विसं २०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा उनी क्रियाशील हुँदै २०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव बनिन् । पार्टीको सिद्धान्त र विचारबाट निरन्तर अघि बढ्दै जाँदा एमालेका जुझारु युवानेता अधिकारीसँग उनको निकटता बढ्यो । साथीभाइको शुभेच्छा र विचारको निकटाताले रवीन्द्र र विद्यालाई जीवनमा पनि एक हुन प्रेरित ग¥यो । उनीहरुले २०५६ साल असार २६ गते वैवाहिक जीवन प्रारम्भ गरे ।

रवीन्द्रको राजनीतिक गतिशीलतालाई उचाइ दिन र परिवारलाई व्यवस्थापन गर्ने थप जिम्मेवारी बहन गर्न उनी पर्दा पछाडिबाट राजनीति सहायोगीका रुपमा भूमिका निर्वाह गरिन् । विसं २०५८ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन शुरु गरेकी भट्टराई पछिल्लो समय त्रिविमा उपप्राध्यापक रहेकी थिइन् ।

उनले समाजशास्त्रमा एमफिल गरेकी छिन् भने त्रिविमा समाजशास्त्रका सिद्धान्त र विकासका सिद्धान्तको अध्यापन गराउँदै आएकी थिइन् । राजनीतिक चेत समाजको गहिरो अध्ययनले प्राध्यापन पेशामा राजीनामा दिएर राजनीतिमा पुनरागमन गरिन् ।

प्राज्ञिक र तार्किक क्षमताका रुपमा परिचित उनी चुनावी अभियानमा घरदैलोमा पुग्दा लोकप्रिय उम्मेदवारका रुपमा स्थापित हुन सफल भएकी थिइन् । उनको राजनीतिमा पुनरागमनले धेरै महिलालाई राजनीतिमा ऊर्जा थपेको देखिन्छ । अहिले विद्याले जीत हासिल पारेको यस क्षेत्रमा रवीन्द्रले पहिलो संविधानसभा २०६४ र दोस्रो संविधानसभा २०७० र आम निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन २०७४ सालमा जितेर ह्याट्रिक गरेकी थिइन् ।

Advertisement

रवीन्द्रको उत्तराधिकारीका रुपमा चुनावी मैदानमा होमिएकी भट्टराईले रवीन्द्रको विरासतलाई जोगाउँदै विजय यात्रा जारी राख्न सफल भइन् । विसं २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको निधनले शोकमा रहेकी भट्टराईले शोकलाई शक्तिमा बदले आम कस्केलीको चाहनालाई स्वीकार्दै चुनावमा होमिइन् र विजयी हासिल गरिन् ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top