लैंगिक हिंसाविरुद्धको अन्तरक्रिया: हिंसा गराउन ६२ प्रतिशत परिचित ब्यक्तिकै भूमिका

२० मंसिर, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा लैंगिक हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार विराटनगरमा भएको एक दिवसिय अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले लैंगिक हिंसा न्यूनीकरणमा जोड दिएका छन् ।

विभिन्न प्रथा तथा वहानामा धेरैजसो महिलामाथि हिंसा हुने गरेको र परिवार तथा समाजको दबाबमा हिंसाको पीडा दबाएर राख्ने गरेको भेटिएको सरोकारवालाहरुको निष्कर्ष छ ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले हिंसा शब्द नै निन्दनीय भएको भन्दै समाजमा महिला हिंसा मात्रै नभएर पुरुष हिंसाले पनि ठूलो स्थान लिएको बताईन् । उनले हिंसा कसैलाई पनि हुन नहुने भन्दै विभिन्न सरोकारवाला संघ संस्था, प्रहरीलगायतको सक्रियतामा हिंसा न्यूनीकरण गर्न सकिने बताईन् ।

उपमेयर कार्कीले महानगरपालिकाले लैंगिक समानताका लागि विभिन्न कार्यक्रम ल्याएको बताउँदै लैंगिक हिंसा न्यूनीकरणमा विराटनगर महानगरपालिकाले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

त्यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले परम्परागत कुप्रथाका कारण पनि समाजमा महिलामाथि हिंसा भईरहेको बताए । उनले पछिल्लो समय यसबारे उजुरी गर्ने क्रम बढेको बताउँदै उजुरी बढ्नु सकारात्मक भएको र यसले हिंसा विरुद्ध लड्ने हिम्मत बढेको प्रस्ट हुने बताए ।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले परिवारको डर तथा दबाबले समाजमा हिंसा भएपनि लुकेर बसेको बताए । उनले हिंसा गराउन ६२ प्रतिशत परिचित ब्यक्तिकै भूमिका रहेको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङको तर्फबाट लैंगिक हिंसा तथा घरेलु हिंसाको वर्तमान अवस्था, हिंसा लुक्नुका कारणहरु तथा न्यूनीकरणका चुनौतीहरु प्रस्तुत गरिएको थियो भने लैंगिक हिंसा न्यूनीकरणमा मोरङ प्रहरीले खेलेको भुमिकाबारे जानकारी गराईएको थियो ।

समुदाय प्रहरी साझेदारी अन्तरगत सञ्चालित सो कार्यक्रममा लैंगिक हिंसा न्यूनीकरणमा भुमिका खेल्ने विभिन्न संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top