सिद्धबाबामाथि अनुशन्धान गर्न अदालतद्धारा ७ दिन म्याद थप

२० मंसिर, विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन म्याद थप गरेको छ । अब उनी थप ७ दिन प्रहरी हिरासतमै बस्नेछन् ।

Advertisement

अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो ।

यसअघि प्रहरीले ४ दिनको म्याद थप गराई अनुसन्धान गरेको थियो । गिरीलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top