एजेन्सी, फागुन २४
भारतीय अन्डरवल्र्डका डन दाउद इब्राहिमका निकट सहयोगी फारुक टकला दुबईमा पक्राउ परेका छन् । उनलाई बिहिबार मुम्बई ल्याइएको छ । टकलालाई आजै विशेष टाडा अदालतमा उपस्थित गराईएको छ ।
उनीविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सन् १९९५ मा रेड कर्नर नोटिस जारी भएको थियो । सन् १९९३ को मार्च महिनामा मुम्बईमा भएको श्रृङ्खलाबद्ध १२ बम विष्फोटको घटनामा उनी संलग्न भएको खुलेको थियो ।
त्यसयता फरार रहेका उनी २५ वर्षपछि पक्राउ गरेका हुन् । विष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जनाभन्दा बढी घाइते भएका थिए ।
यही घटनामा मुम्बई हमलाका मास्टरमाइन्ड टाइगर मेमनका भाई याकुब मेमनलाई सन् २०१५ मा मृत्युदण्ड दिइएको थियो । अन्डरवल्र्डका डन दाउद इब्राहिम पनि १९९३ देखि नै फरार छन् ।