नारी दिवसमा लयायन्स क्लब अफ विराटनगर पाथिभराद्धारा निशुल्क स्वास्थ्य शिविर

२३ फागुन ७४, बिहीबार

किशोर विश्वकर्मा
विराटनगर, फागुन २४
अन्तराष्ट्रिय नारी दिवसको अबसरमा विराटनगरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । दिवसको अवसरमा लायन्स क्लब आफ विराटनगर पाथिभराले विराटनगर स्थित होटेल नमस्कारमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

Advertisement

विराटनगर कंचनबारी स्थित नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ५ सय १३ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

Advertisement

शिविरमा महिलाहरुका लागि प्रसुतिरोग, नाक कान घाँटी, जेनेरल फिजिसियसनबाट स्वास्थ्य जाँच, दन्त परिक्षण गरिएको थियो । शिविरमा परिक्षणका लागि आउने विरामिको सुविधाका लागि मधुमेह परिक्षण, रगत परिक्षण, भिडियो एक्सरे समेत गरिएको छ ।

Advertisement

शिविरमा परिक्षणकाम लागि पुगेका रोगिहरुलाई निशुल्क औषधी समेत बितरण गरिएको आयोजक क्लबकी अध्यक्ष डिना प्रधानले जानकारी दिईन् । उक्त क्लब स्थापनाको १ वर्ष समेत नपुगि विभिन्न सामाजिजक कार्यक्रमहरु निरन्तर गर्दै आएको छ । क्लबले हाल सम्म बाढीपिडितलाई राहत बितरण, जाडो याममा न्यानो कपडा बितरणलगायतका कार्यक्रम गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top