विराटनगरको भाटभटेनीमा क्यूएफएक्सको मल्टिप्लेक्स

२७ मंसिर ७६, शनिबार

२८ मंसिर, विराटनगर ।
एकपछि अर्काे सिनेमा हल खुल्दै गएको विराटनगरमा फेरि अर्काे सिनेमा हल थपिएको छ । विराटनगरस्थित भाटभटेनीमा क्यूएफएक्स सिनेमा हल सञ्चालनमा आएको छ । रिगल सिनेमाज प्रा.लिको लगानीमा देशका प्रमुख शहरमा सिनेमा चेन रहेको क्यूएफएक्सले सो मल्टिप्लेक्स सञ्चालनमा ल्याएको हो ।

भाटभटेनीको पाँचौँ तलामा अवस्थित मल्टिप्लेक्समा दुईवटा स्क्रिनको हलमा २८ वटा recliner सिटसहित ४२४ सिट क्षमता रहेको छ । मल्टिलेक्सको संरचना निर्माणमा १६ करोड लागत लागेको सञ्चालक नकिम उद्दिनले जानकारी दिए । मल्टिप्लेक्सको शुभारम्भ कार्यक्रममा क्यूएफएक्सका सञ्चालक उद्दिनले क्यूएफएक्समा सिनेमा हेर्दा दर्शकले उत्कृष्ट अनुभव गर्ने बताए । उनले क्यूएफएक्स उत्कृष्ट नेपाली ब्राण्ड भएको भन्दै चलचित्र व्यवसायको लागि विराटनगर महत्वपूर्ण सहर भएकोले क्यूएफएक्स सञ्चालनमा ल्याएको बताए ।

Advertisement

त्यस्तै चलचित्र निर्देशक अशोक शर्माले क्यूएफएक्स दर्शकलाई चलचित्र हेर्न फरक अनुभुती दिलाउने ब्राण्ड भएको बताए । उनले नेपाली चलचित्रहरुले हलिउड र बलिउड चलचित्रसँग प्रतिस्पर्धा गर्नुपरेको बताउँदै पछिल्लो समय नेपाली चलचित्रहरु पनि उत्कृष्ट बन्दै गएको बताए । मल्टिप्लेक्समा विश्वव्यापी लिडरको रुपमा रहेको डेप्थ् क्यु थ्री डी टेक्नोलोजी प्रयोग गरिएको छ भने दुईवटै स्क्रिनमा Dolby ATMOS sound system प्रयोग गरिएको छ । जसले Enhanced sound Quality प्रदान गर्ने भएकोले दर्शकले उत्तम अडियोसहित उत्कृष्ट अनुभव गर्ने सञ्चालकले दावी गरेका छन् ।

मल्टिप्लेक्समा चलचित्र हेर्नका लागि विकेन्ड (शुक्रबार, शनिबार र आईतबार) २५० र विकडेजमा ३५० टिकट शुल्क लाग्ने मल्टिप्लेक्सका सिईओ रोशन निरौलाले जानकारी दिए । जसमध्ये सुतेर सिनेमा हेर्न मिल्ने recliner सिटमा भने ६५० र ८०० टिकट शुल्क रहेको र मर्निङ शोजहरुमा ५० प्रतिशत छुटको व्यवस्था रहेको उनले जानकारी दिए ।

Advertisement

सिनेमा हेर्नका लागि मोबाईल एप र लोयल्टी प्रोग्राम मार्फत ‘गोजी’बाट पनि टिकट खरिद गर्न सकिने छ । भाटभटेनीमा नयाँ दुई स्क्रिन थपिएसँगै क्यूएफएक्सको जम्मा स्क्रिन संख्या २७ पुगेको छ । सिनेमा हलको हब बन्दै गएको प्रदेश १ को राजधानी विराटनगरमा सेन्ट्रल मल र र सिटी सिनेमाले पनि यसअघि देखि नै हल संचालनमा ल्याई सकेका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top