संसद दिवसमा सभाध्यक्ष र उपसभामुखले पोखे कर्मचारी माथि असन्तुष्टि

२७ मंसिर ७६, शनिबार

२८ मंसिर, काठमाडौँ ।
१३ औं संसद सेवा दिवस शनिबार मनाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरि सेवा दिवस मनाइएको हो । दिवसका अवशरमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीय सचिवालयका कर्मचारीहरुलाई आफुले पाएको जिम्मेवारी देशलाई केन्द्रमा राखेर गर्न आग्रह गरे ।

‘कुनै पनि पदमा बसिसकेपछि नुनको सोझो बन्नु भन्दा पनि देशका लागि काम गर्नुपर्छ । राज्यले जति सेवा सुविधा दिएको छ त्यती नै काम गर्छु भनेर हुँदैन् । हामी देशको नागरिक हौँ जनप्रतिनिधि हौँ । त्यसकारण अझ बढी मिहेनत गर्नुपर्छ’, उनले भने ।

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सचिवालयका कर्मचारीहरुले गर्ने ढिलासुस्ती प्रति असन्तुष्टि व्यक्त गरिन् । ‘सबै कर्मचारीहरुको काम राम्रो छ तर केही ढिलासुस्ती हुने गर्दछ त्यसलाई सुधार गर्नुप¥यो’, उनले भनिन् ।

Advertisement

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद सेवालाई विशिष्ट सेवाको रुपमा विकास गर्न अन्य देशहरुको अभ्यास र कामकारवाहीलाई अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए । कर्मचारीलाई सक्षम बनाउन प्रशिक्षणका लागि सचिवालय भित्रै प्रभावकारी संयन्त्रको आवश्यकता रहेको उनले बताए ।  दिवसका अवशरमा संसदका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top