आज हुने भनिएको ‘ए’ डिभिजन लिगका खेलहरु मैदान अभावले स्थगित

२८ मंसिर ७६, आइतबार

२९ मंसिर, रौतहट ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजका खेलहरु स्थगित भएका छन् ।

मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । लगातारको वर्षाले दशरथ रंगशाला खेल गराउन लायक छैन ।

लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ । त्यसैले आज हुने भनिएका लिगका खेलहरु भोलिको लागि सारिएको हो ।

Advertisement

भोली दिउसो साँढे १२ बजे एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ भने साँढे दुई बजे दशरथ रंगशालामा संकटा क्लब र च्यासल युथ क्लब भिड्नेछन् ।

उता मच्छिन्द्र क्लबले नयाँ सिजनको ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । हिजो भएको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २–० ले हराएको हो । मछिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे ।

Advertisement

राष्ट्रिय टिमका आधा दर्जन खेलाडीसहित मैदानमा उत्रिएको मछिन्द्रले खेल अवधिभर नियन्त्रण जमाएको थियो ।

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top