प्रमाणपत्र धितो राखेर ३८ युवाले लिए ऋण

२९ मंसिर, काठमाडौँ ।
सरकारले शैक्षिक कर्जा कार्यान्वयनमा ल्याएसँगै शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ३८ जना युवाले २ करोड १५ लाख ५० हजार ऋण लिएका छन् । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि लागू भएपछि प्रमाणपत्र धितोमा राखेर त्यस्तो कर्जा प्रवाह भएको हो ।

कर्जा प्रवाह गर्नेमा निजी भन्दा सरकारी बैंक बढी रहेका छन् । राष्ट्रिय बाणिज्य बैंकले सबै भन्दा धेरै कर्जा प्रवाह गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्त अवधीमा बिभिन्न ७ प्रकारका सहुलियतपूर्ण कर्जामा ४७ अर्ब ३१ करोड ४१ लाख ८६ हजार रुपैयाँ प्रवाह भएको छ । २० हजार ८ सय ६९ जनाले सहुलियत कर्जा लिएका छन् । ४५ अर्ब ९३ करोड ५१ लख २९ हजार रुपैयाँ भने कृषि कर्जामा प्रवाह भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले कृषि बाहेकका अन्य क्षेत्रमा ऋण प्रवाह गर्न आनाकानी गरेपछि सरकारले बाध्यकारी नयाँ व्यवस्था अघि सारेको छ । कार्यविधि संसोधन गरेर कृषि बाहेकको कर्जा बाणिज्य बैंकहरुले ५ सय, विकास बैंकले २ सय र फाइनान्स कम्पनीले एक सय वटा प्रवाह गर्नै पर्ने व्यवस्था अघि सारेको छ । जस अनुसार आगामी असार मसान्त अवधीभित्र त्यस्तो कर्जा प्रवाह गरिक्सनुपर्नेछ ।

स्नातक तह उतीर्ण गरेका ४० वर्ष भन्दा कम उमेरका युवाहरुले बिजनेश प्रपोजल तयार पारी आफ्नो प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण पाइने व्यवस्था छ । त्यस्तो ऋणमा ५ प्रतिशत ब्याज अनुदान सरकारले उपलब्ध गराउँदछ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top